राष्ट्रिय धान दिवस १५ असारमै किन ?

 

 

संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार नेपालले पनि सन् २००४ देखि अन्तर्राष्ट्रिय धान वर्ष मनाउदै आएको छ । अन्तराष्ट्रिय मान्यता बमोजिम धान दिवस मनाउन यो स्तम्भकारकै विशेष पहलमा नेपाल सरकारले २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय गरेको थियो । निर्णय बमोजिम प्रत्येक वर्षको असार १५ लाई   ‘राष्ट्रिय धान दिवस’ को रुपमा मनाउने निर्णय गरिएको थियो । त्यसयता निरन्तर राष्ट्रिय धान दिवस मनाउने देश नेपालमात्र हो भनेर राष्ट्र संघले समेत घोषणा गरेको छ ।   आज २०७५ साल असार १५ गते  १५ औं  राष्ट्रिय धान दिवस एवं रोपाई महोत्सव, ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको सम्वृद्धि’ भन्ने नाराको साथ दक्षिणकालीमा मनाइयो ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था IRRI  Year Achieves High Profile in Nepal सन् २००४ मा मूल्यांकन समेत गरेको थियो । संसारको ५० प्रतिशत भन्दा बढी जनसंख्याको मुख्य खाद्यान्न चामल हो भने एशियाली देशमा त ९० प्रतिशत भन्दा बढी चामलको उत्पादन र खपत हुने गरेको छ । त्यसैले धानले एशियालीलाई एकीकृतगर्न सेतुको काम गरिरहेको छ । हामी नेपालीहरूले एक अर्कालाई भेट गर्दा कुराकानी सुरूगर्नु भन्दा अगाडि  भात खानु भयो ? भनी सोध्ने गर्छौ यसलेपनि नेपालमा धानको महत्व झल्कन्छ । 

आर्थिक वर्ष २०७४/२०७५ को प्रारम्भिक अनुमान अनुसार नेपालमा १४ लाख ७० हजार  हेक्टरमा धानखेती भई ५१ लाख ५२ हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रति हेक्टर रहेको छ । नेपालमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन १ दसमलव ४९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७३/२०७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिब २२ र ७ प्रतिशतले बृद्धि छ ।

आर्थिक दृष्टिकोणले भन्ने भन्ने हो भने गत वर्ष करिब १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको उत्पादन भएको छ । धानको उत्पादन उत्साहजनक बृद्धि भएकोले यस वर्ष नेपालको आर्थिक बृद्धिदर ७ दशमलव ५ प्रतिशत हुने बिश्व बैंकले अनुमान गरेको छ । गत आर्थिक वर्ष २०७२/२०७३ को वास्तविक आर्थिक बृद्धिदर ० दशमलव ०१ प्रतिशत भएको र चालू आर्थिक वर्षमा ६ दशमलव ९४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसको साथै यस वर्षको धान उत्पादन एवं उत्पादकत्वलाई ऐतिहासिक रेकर्ड पनि मान्न सकिन्छ ।  चालू आवमा उत्पादन भएको धानको परिमाणले वर्षभरि नेपालीको माग पुरागर्न सकेन । यस वर्षको ९ महिनामा गतवर्षको ९ महिनाको तुलनामा ११ प्रतिशतले बृद्धि भएर ३२ अर्ब ६६ करोड ७२ लाख मूल्यबराबरको खाद्यान्न नेपालमा आयात भयो । गत वर्ष यही अवधिमा २९ अर्ब ४३ करोड ९७ लाख मूल्यको खाद्यान्न देशमा भित्रिएको थियो ।

नेपालको कुल जनसंख्या करिब २ करोड ८९ लाख ८२ हजार ७ सय ७१ जनालाई दुई छाक वर्षभर भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामलको आवश्यक पर्छ । खाद्य तथा पोषणको आधारमा प्रति व्यक्ति प्रति वर्ष १ सय ३८ किलो चामल आवश्यक पर्ने देखिन्छ ।

यस वर्ष स्वदेशमा उत्पादन भएको ५१ लाख ५१ हजार मेट्रिक टन धानलाई प्रशोधन गर्दा ३० लाख ९० हजार ६ सय मेट्रिक टन चामल तयार हुन्छ । यसरी हेर्दा स्वदेशमा उत्पादन भएको चामलले वर्षभरि सबै नेपालीको पेट भर्न ९ लाख मेट्रिक टन चामल अपुग भएको देखिन्छ । यही चामल नपुगेर भारतसहित तेश्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक बर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । गत बर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड २७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो । खानेबानीमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको छ ।

०७५ साल बैशाखको दोश्रोसाता भारतको पुनेमा बसेको मौसमसम्बन्धी विज्ञहरुको एघारौंं दक्षिण एशियाली जलवायु दृष्टिकोण मन्च ‘सास्कोप’ र नेपालको जल तथा मौसम पूर्वानूमान शाखाले नेपाल सहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा नेपालको बर्षा औसतका हाराहारीमा रहने ठहर गरेको छ । नेपालको सन्दर्भमा भूगोल र स्थान विशेषको आधारमा औसत बर्षाको मात्रा फरक पर्छ । उदाहरणको लागि मनसुन अवधिमा मुलुकभरको औसत बर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको बार्षिक औसत बर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो । गत बर्ष पूर्वी र मध्य भेगमा अधिक र औसत बर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत बर्षा ननाघेको जल तथा मौसम पुर्वानूमान महाशाखाको तथ्यांक छ ।  साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मका ४ महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । नेपालमा जुन दोश्रो साता भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि निस्क्रिय हुने गर्छ । 

The Statistical Portal अनलाइनमा प्रकाशित तथ्यांक बमोजिम आर्थिक वर्ष २०७४/२०७५ र २०७३/२०७४ मा विश्वभर चामल उत्पादन क्रमशः ४ सय ८५ मिलियन टन र ४ सय ८४ मिलियन टन उत्पादन भएको उल्लेख गरेको छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने ११ देशहरूमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेस, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान र पाकिस्तान पर्दछन । आर्थिक वर्ष २०७४/२०७५ मा विश्वभर चामल निर्यातगर्ने प्रमुख देशहरुमा क्रमश: भारत, थाइल्यान्ड, भियतनाम र पाकिस्तान परेका छन । आर्थिक वर्ष २०७४/२०७५ मा विश्वभर चामल खपत करिव ४८१ मिलियन टन रहेको थियो र प्रतिब्यक्ति प्रति बर्ष खपत भने करिव ५४ किलोग्राम भएको छ । 

 

लेखक भोला मानसिंह बस्नेत, वरिष्ठ धानबाली विज्ञ हुन् । 

 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला