सिद्धान्तको लासमा टेकेर जन्मिएको नेपाल कम्युनिष्ट पार्टी

   सिद्धान्तको लासमा टेकेर जन्मिएको नेपाल कम्युनिष्ट पार्टी

वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर नेपाली कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्ने मध्ये एक हुन् । ४ दशक लामो कम्युनिष्ट राजनीतिमा पिटर उत्तिकै सक्रिय छन् । जनयुद्ध, शान्तियुद्ध र मनोयुद्धको अभ्यासकर्ता तथा अनुभवकर्ता  समेत भएको उनी बताउँछन् । मिडिया मार्फत हरेक राजनीतिक घटनालाई खरो टिप्पणीगर्ने पिटरका नजरमा  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट जन्मिएको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को भावी कार्यदिशा, जनअपेक्षा र मुलुकको अब राजनीतिक गन्तव्य कस्तो होला ? यिनै विषयमाथि केन्द्रित भएर अमरवाणीका संवाददाता रमेश दवाडीले पिटरसँग गरेको कुराकानीमा आधारित यो आलेखः

अंकको धरातल

म नेपाली कम्युनिष्ट आन्दोलनमा ४० वर्षदेखि सक्रिय छु ।  कम्युनिष्ट आन्दोलनका सबै आरोह–अवरोहको अपनत्व महशुस गर्ने हेक्का राख्छु । म त्यस्तो कम्युनिष्ट कार्यकर्ता हुँ जुनसुकै आन्दोलन तथा कार्यक्रमलाई उत्तिकै सम्मान गर्छु । प्रत्येक आन्दोलनको उतार–चढाव र घुम्ती मोडमा यात्रा गरेको यात्री हुँ । जनयुद्ध, शान्तियुद्ध, मनोयुद्धको अभ्यासकर्ता, द्रष्टा, भोक्तामात्र नभई कर्ता पनि भएकाले जेठ ३ गते नेकपा एमाले–नेकपा माओवादी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता विषयलाई नजिकबाट नियाल्ने मौका पाएँ ।  कम्युनिष्ट पार्टीमात्रै होइन, हरेक राजनीतिक शक्तिबीच एउटा उद्देश्य लागि एकता हुनु स्वागत योग्य छ । तर, त्यस्तो एकतामा व्यक्तिगत स्वार्थ हाभी भयो भने त्यो एकदमै हानिकारक हुनजान्छ । जेठ ३ गते जन्मिएको नेकपा कम्युनिष्ट पार्टी बीचको एकता हो वा दुई ठूला राजनीतिक दलहरूको एकता हो ? यो प्रश्न चिह्न छ ।

संसदीय राजनीतिको नेतृत्व गर्ने चिन्तन संख्या हुन्छ । त्यहाँ संख्याको जोड–घटाऊको राजनीति हुन्छ । जुन अत्यन्त फोहोरी पनि हुन्छ कहिलेकाहीँ । सांसद किनबेच हुने जस्ता काण्ड निम्त्याउने खेल यो व्यवस्थामा दोहोरिन्छन् । यो व्यवस्थाले भीडको जनमतलाई आफ्नो पक्षमा राख्न पाउँछ । अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको एकीकरण कम्युनिष्टबीचको एकीकरण नभई संसदीय राजनीतिको सत्ताप्राप्तिका लागि गरिएको एकतामात्र हो । यसमा संसदीय मूल्यमान्यता र त्यसले निदृष्ट गरेका विषय समकालीन राजनीतिको आवश्यकता पूर्ति गर्न दुई शक्तिबीचमा अङ्क गणितीय खेलका आधारमा यो एकता भएको हो । यसले लामो यात्रा गर्छ जस्तो मलाई लाग्दैन् । 

   सिद्धान्तको लास 

हरेक राजनीतिक पार्टी वा समूहको निश्चित विधि, सिद्धान्त, उद्देश्य र लक्ष्य हुन्छ । फुटबलमा जतिसुकै फोवार्ड खेलाडी ‘डिफेन्स’मा खेले पनि अन्तिम लक्ष्य भनेको गोल गर्नु हो । सबै राजनीतिक पार्टीको उद्देश्य ‘सर्वजन हिताय सर्वजन सुखाए’ भन्ने नै हुन्छ । तर, त्यसका लागि प्रमुख कुरा के हो भने सत्ता प्राप्ति र सत्ताको नेतृत्व सबभन्दा ठूलो  हुन्छ । त्यो प्राप्तिका विधि  र सैद्धान्तिक आधारहरू हुन्छन् । तर,म के देख्दछु भने कुन सिद्धान्तको र कुन विचारको आधारमा टेकेर के का लागि एकता गर्दैछौँ भन्ने स्पष्टता अहिलेको एकतामा छैन् ।  त्यसकारणले यो एकीकरण सिद्धान्तको लासमा टेकेर सुविधा भोगका लागि सत्ताप्राप्ति गर्न गरिएको प्रयोग मात्र हो । अब यस्तो कच्चा यात्रा कति दीर्घकालीन बन्ला यो सबैले अनुमान गर्न सक्छन् । यसरी सिद्धान्तको लासमा टेकेको पार्टीले जनभावना अनुकूल काम गर्छ जस्तो लाग्दैन् । लासको न सास हुन्छ न त आश ।  

उस्तै तर विपरित धुव्रको मिलन 

२०२५ सालदेखि अलग धारको एउटा नदी अहिले फेरि मिसिएको छ । ०२८ सालको झापा विद्रोहको नेतृत्व पूर्व एमालेको गरेको थियो ।  त्यतिबेला ०२८ सालमै केन्द्रीय कारागारमा केन्द्रीय ‘न्यूक्लियस्’ भन्ने एउटा संगठन बनेको थियो । त्यतिबेला देखि नै दुवै धार स्पष्ट तरिकाले अलग थिए । अझ, झापा विद्रोहबाट ‘को–नेशन केन्द्र’ हुँदै माले गठन गर्दा पहिलो जनमत संङ्ग्रहमा अझै स्पष्ट दुई धार भएको देखिन्छ ।  

बहुदललाई स्वीकार्ने कि नस्वीकारर्ने विषयमा विवाद भयो । त्यस पछाडि जाँदा हाम्रो जस्तो देशमा जहिल्यै पनि कम्युनिष्ट आन्दोलनमा विदेशी कम्युनिष्ट आन्दोलनका प्रभावहरू र त्यसको असर यहाँ पर्दछन् ।  चीनमा आएको माओको मृत्यु पछाडि साँस्कृतिक क्रान्तिलाई कसरी हेर्ने त भन्दा त्यहाँ फेरि मौलिक रूपमा तत्कालीन माले  र माओवादी मूलधारको चौंथो महाधिवेशन बीचमा भिन्नता आयो । ४० को दशकमा चुनावको उपयोग गरेर तत्कालीन एमालेले जान्छ र चुनाव वहिष्कार गरेर अघि वढ्छ चौंथो महाधिवेशनबाट मसाल बनेको माओवादी केन्द्रीय धार ।  

०४६ सालमै आउँदा पनि संसदीय व्यवस्थालाई कसरी हेर्ने भन्ने विषयमा यी दुईपार्टीको बीचमा  भिन्नता हुन्छ । एउटा बहुदलीय जनवादको वकालत गर्छ अर्को सशस्त्र संघर्षको बाटो रोज्न पुग्छ । जसको परिणाम १० वर्षे जनयुद्धबाट १५ हजार वढी मानिसको ज्यान गयो अर्बोको भौतिक सम्पत्ति खेर गयो ।  संसदीय व्यवस्थाले जनता कुनैपनि हालतमा जनअपेक्षा पूरा गर्न सक्दैन भन्ने माओवादी धार । दुबै धारबीच दशकौं तिक्तता रह्यो । कम्युनिष्ट पार्टीकै नाममा रहँदा पनि दुइटा अलग्गै ब्रान्ड भएर रहे । यो दुनियाँ जगजायर छ ।  अहिले माओवादी आन्दोलनको मूलधार कमजोर बन्दै गयो । यसमा त्यहि शक्तिभित्रको टुटफुट पनि कारक होला । पार्टीभित्र गुटको ठूलै समस्या प¥यो । त्यसपछि एकता गर्नेपर्ने बाध्यता भयो ।  दुबै पार्टीभित्र  गुटको राजनीति यत्ति भद्दा देखियो कि एकले अर्काको नेतृत्व न स्वीकार्ने न त कन्ट्रोल नै गर्न नसक्ने अवस्थामा आयो ।

बाहिर त्यति नआएपनि भित्र त्यस्तो आगो सल्किएको अवस्था थियो ।  स्थानीय चुनावको बेलामा रौतहट जिल्लामा माधव नेपाललाई निस्तेज गर्नुपर्छ भन्ने केपी ओलीको गुट सक्रिय देखियो भने झापामा केपी ओली विरुद्धमा माधवको गुट उस्तै भूमिकामा उभिएको देखियो । त्यस्तै अन्य वर्गीय संगठनहरूमा पनि त्यो खालको मतान्तर हाभी बन्दै गएको अवस्था थियो । यस्तै अवस्था समस्याको सिकार बनेको थियो माओवादी । हिजोका दिनमा माओवादी पार्टीभित्रमा गुटैगुटको पार्टी जस्तो थियो त्यसलाई चरम रूपमा विद्यार्थी राष्ट्रिय सम्मेलनमा देखियो । यस्तो गुटको दवाब र राजनीतिक नेतृत्वहरूमा भयो अरूसँग नमिल्दाखेरी आफ्नो हैसियत नै गुम्नेजस्तो  भूमिका देखियो । यो सिद्धान्तहीनता र गुट राजनीतिको आतङ्क भित्तामा ठेलिएको नेतृत्वहरूलाई चुत्थ्यो विकल्प पार्टी एकता बन्न पुग्यो । अब एकीकरणपछि ती गुट नित्सतेज होलान् वा अझै वढ्लान रु यसको जवाफ भावी समयले नै दिनेछ ।  

  कांग्रेस र कम्युनिष्ट एउटै

नेपालका दुई ठूला पार्टीको मिलनलाई कम्युष्टि एकताका रूपमा कदापी व्यख्या गर्न सकिदैन् । यो एकता डिफ्याक्टको कम्युनिष्टहरूको बीचमा नभई डिजुरे कम्युनिष्टबीचमा भएको एकता हो  ।  त्यसो हुँदा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्छ भन्ने कुरा त विषयमै नजाऊँ । संसदीय राजनीतिको नेतृत्व गर्छ यो एकताले । संसदीय राजनीति अङ्क गणितीय खेलमा हुने हुँदा सत्ताको नेतृत्वको कुरा पनि यसको स्वार्थमा जोडिन्छ । यो डिजुरे कम्युनिष्ट हो । डिफ्याक्टको कम्युनिष्ट होइन । शीतयुद्धमा जसरी कम्युनिष्टसँग आतंकित हुन्छ संसार त्यस्तै तरिकाले कम्युनिष्ट नभइकन पनि ‘कम्युनिष्ट’ शब्दसँग जुन आतंकित भएको छ त्यसको मूलमर्ममा गएको छैन् ।   अब के हाम्रो देशको कार्यकारी प्रमुखहरू विभिन्न तरिकाले धर्मकर्ममा, स्वर्ग–नर्कका विषयमा विश्वास गरिराखेका छन् । अब पार्टी कमिटीलाई चुस्तदुरुस्त र नीतिगत रूपबाट अगाडि बढाएका छैनन् । उनीहरूको दृष्टिकोण अन्तर्राष्ट्रिय पूँजी  र अन्तर्राष्ट्रिय बैंकहरू, आइएनजिओ, विश्व बैंकहरूको धारणा क्लियर छैन् । साम्राज्यवाद विरुद्ध मोर्चामा लडिरहेका देशहरूप्रति एक्यबद्धता छैन् । मानवतावाद अलिकति पनि प्रकट गर्न परेको छैन् भनेदेखि यो नाम मात्रैको कम्युनिष्ट हो ।  झण्डा राख्ने वित्तिकै ‘जय नेपाल’ र ‘लाल सलाम’ भन्ने वित्तिकै कुनै पार्टीहरू त छुट्टिने अवस्था छैन् । उनीहरूको नीति, विधि र कार्यकर्ता र चरित्रहरूमा देखिनुपर्ने हुन्छ । त्यसो हुँदा मलाई लाग्छ, डिजुरे कम्युनिष्टहरू हुन् ।  कम्युनिष्टबाट कोही पनि आतंकित नभए हुन्छ । कम्युनिष्टको कभरमा रहेको नवउदारवादी शासन व्यवस्था अहिलेको व्यवस्था हो । यो कम्युनिष्ट पार्टीको नाम निकाल्ने बित्तिकै नेपाली काँग्रेस जस्तै हुन्छ । नाममा फरक होला तर व्यवहार उही काँग्रेसकै जस्तो छ । व्यक्ति फरक हुन सक्छन्, बोलीका शब्दहरू फरक हुन सक्छन् तर आचरणमा, उद्देश्यमा र लक्ष्यमा फरक छ । 

एकीकरणका सुन्दर पक्ष

जति नै गाली गरे पनि यो एकताका केही राम्रा र सुन्दर पक्ष पनि छन् । नेपालमा एउटा त कम्युनिष्ट सरकार बन्न नै नदिने पुरानै रोग हो । सरकार बनेपनि त्यसले पूरा कार्यकाल सरकार चलाएको उदाहरण छैन । ००७ सालदेखि अहिलेसम्म नेपालको कम्युनिष्ट प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल पूरा गरेका छैनन् । तर, केपी ओलीको सरकार अहिले पूर्ण सुरक्षित छ यदि बीचमा गुटको बखेडा नआए । त्यसअर्थमा यो गठबन्धन ऐतिहासिक छ । नेतृत्वले मुलुकको विकास गर्न चाह्यो भने साँच्चै दुरगामी सोचका साथ विकास गर्न समृद्ध मुलुक निर्माणका लागि पहल गर्न सक्छ । 

बाह्य शक्तिको साथ 

नेपाली राजनीतिमा बाह्य हस्तक्षेपको विषयमा मेरो विश्लेषण पहिलो पटक फेल खायो । मैले पार्टी एकता हुँदैन भनेर सोचेको थिएँ । तर, एकता भयो । यसका लागि मैले ३/४ ओटा आधार राखेको थिएँ । एउटा आधार, हाम्रो जस्तो भू–संवेदनशील राजनीतिक भू–भागमा जहिले पनि ठूलाठूला राजनीतिक परिवर्तनहरू हुन्छन् । यसमा विदेशीहरूको हात रहने गर्छ र रहँदै पनि आएको छ । सिंहदरबारको सूक्ष्म व्यवस्थापन पनि बाह्य शक्तिले गर्दै आएको छ भनेर आरोप लागिरहेको बेलामा बाह्य हस्तक्षेप नहुने कुरै भएन । योभन्दा बढी म बोल्दिनँ । यस विषयमा मौन रहन उचित ठान्छु ।  

दुर्घटना लक्षण

 राजनीतिक ज्योतिष नै त बन्न मन छैन मलाइ ।  तर, म के भन्छु भने नेकपाको केन्द्रीय कमिटी ४४१ जना बनाउँदा जुन मानकको आधारमा त्यो बन्यो यसले जहाँजको दुर्घटना लक्षण देखाइसकेको छ । संसारमा नभएको राजनीतिक अभ्यास एशियाकै शक्तिशाली पार्टी नेकपाले गरेको छ । एकैपार्टीमा  दुई जनाको नेतृत्व हुन सक्दैन । यसले गुटको सुरक्षा  र अस्तित्व पार्टीमा देखिन्छ । अर्को कुरा, कमिटी प्रणलीमा जुन त्यो कमिटी बन्दैन । नेताहरू त्यसमा शासकको हैसियतमा हुन्छन् ।  कमिटी ल्याप्चे  किनारामा सदर भनेर लगाउने हैसियतको हुन्छ । यस्तो अवस्थामा गुटको बोलवाला अझै वढ्छ र पार्टी नेतृत्वमा संकट आइपर्छ ।  चिन्ता जनयुद्धको मुद्दाको  इतिहासलाई सम्झँदा आक्रोश, घृणा, उत्तेजना र केही भन्नपर्ने अवस्थाहरू त आउँछ । जनयुद्धको मूल स्पीड भनेको धर्म निरपेक्षता र संघीयता होइन ।  

समानता, स्वाभिमानता र उत्पादन प्रणाली अनुसारमा मानिसका जनजीविकाका सवाल प्रमुख थिए । परिवर्तनको अनुभूत गरिब झुपडीमा ल्याउने एजेण्डा थियो । धर्म निरपेक्षताको प्रश्न छ, राज्यसित त सर्वविधितै कुरा हो, त्यो कम्युनिष्ट नै बन्नुपर्ने, माओवादी नै बन्नुपर्ने स्थिति छैन् ।  यी चारै वटा कम्युनिष्टको नारामात्रै हो । जनयुद्धले उठाएका सामान्य विषयहरूको पनि नेकपाले समाधान गर्ने बाटोतर्फ त उन्मुख भएको हामी देख्छौँ तर त्यसको पहल र त्यसको अगुवाइहरू भएको थिएन र यसमा पनि छैन् । अहिले समाजवादको विषयमा सरकारले अथवा आफ्नो घोषणापत्रमा सबैतिर नोट गरेको छ । तर,त्यसको कार्यान्वयन ठिक विपरित छ । हुने खाने र हुँदा खाने बीचको लडाईँको खाडलमा अहिले पनि वास्तविक जनता पिल्सिएको अवस्था छ ।  

 

तस्बिर : रमेश दवाडी/अमरवाणी 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला