यात्रा : सडकमा सास्ती 

यात्रा : सडकमा सास्ती 

सरस्वती पाण्डे 'सरस'/मलाई ममीको काखमा बसेर गरेको यात्राको कुनै याद छैन् । याद छ त, त्यस्तै ८, ९ वर्ष हुँदा गरेको केवल एक यात्रा । साबिकको नौबिसे गा.वि. स. कानाकोटको घरबाट दशैँको किनमेलका लागि ममी र म घरबाट काठमाडौँ जाने भएका थियौं । ममीले अघिल्लो दिन 'भोलि चाडैं उठ्नुपर्छ है किनमेलका लागि काठमाडौँ जानुपर्छ ।'  ममीले त्यसो भनेदेखि मलाई भोलि कहिले आउला  भनेर छटपटी भएको थियो ।  त्यो छटपटीको राज गाडी चढ्न पाइन्छ भन्ने थियो ।  

२० वर्ष पहिले गाडीको धेरै महत्त्व थियो । महत्त्व त आज पनि उत्तिकै छ । तर, त्यतिखेर विशेषखालको महत्व थियो जस्तो लाग्छ । घरमा हजुरममीले हाम्रा पालामा कतै जानु पर्दा हिंडेर जानुपर्थ्यो  । पशुपति जाँदा कति दुःख पाइयो । मनलगेको खानेकुरा सकिएर, आफू हिँड्न नसकेर गाह्रो हुन्थ्यो भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘अहिले तिमीहरूलाई कति आनद छ !’ सुन्दा मलाई अचम्म लाग्थ्यो । त्यसैले विशेष भएको होला । भृकुटीमण्डपबाट गाडी चढेर खुसी हुँदै गइयो । आफूलाई मन परेको कपडा पनि रोजियो । अरूलाई चाहिँ यो ठीक हुन्छ होला भनेर अड्कल गरेर किनियो । अलि महङ्गो कपडा छानेकोमा मैले गाली पनि खाएको थिएँ । सबै छोराछोरीलाई बराबर हुनुपर्छ तँ मात्र होस् र भनेर ममीले भन्नु भएको थियो । 

त्यो समयमा काठमाडौँमा भृकुटिमण्डपभन्दा ठूलो बजार अन्त छैन् होला जस्तो लाग्थ्यो । भित्र पसेपछि बाहिर निस्किनै अलमल हुन्थ्यो । अहिले पनि हुन्छ कतिपय ठाउँमा । सम्झिदा हाँसो लाग्छ, बाल्यकालका मिठा यादहरूमा भृकुटिमण्डप पनि पर्छ । हामीले कपडा किनेर बाहिर निस्कँदा समयले नेटो काटिसकेको रहेछ । हतार हतार रत्नपार्कबाट गाडि चढेर कलंकी आयौँ । ममी ढिलो भयो भनेर आँत्तिरहनु भएको थियो तर म भने गाडी चढ्न पाएकोमा आफ्नै दुनियाँमा रमाइरहेको थिएँ । हामी कलंकीबाट फेरि गाडि चढेर घर तर्फ अगाडि बढ्दै थियौँ । ममी अरू मानिसहरूसँग आज रात पर्ने भयो समय गएको पत्तै पाइएन भनेर गफ गर्दै हुनुहुन्थ्यो । म चाहिँ झ्यालबाट हेर्दै रमाइरहेकी थिएँ । सधैं गाडीभित्रै बस्न पाए पनि  हुन्थ्यो, घर छिट्टै नआएपनि हुन्थ्यो भन्ने सोच आउँथ्यो ।  त्यतिखेर गाडी चढ्न कि बिरामी पर्नुपर्थ्यो कि त दशैँ नै आउनु पर्थ्यो, चढ्ने रहर किन नलागोस् । 

समय र परिस्थितिसँग लड्दै, जुध्दै जाँदा  जन्मथलो  कर्म थलो बन्न पुग्यो, आफैँले अध्ययन गरेको ठाउँमा अध्यापन गराउन पाउँदा । खुसी पनि लाग्छ तर हिंड्दा  भएको असहज परिस्थिति गर्दा बाल्यकालको रहर कहरमा परिणत भएको छ । करिब ४ वर्षदेखि म कलंकीबाट नौबिसेको दैनिक यात्रा गरिरहेको छु । १०–४ बजेसम्मको ६ घण्टाको जागिर खान अर्को ५ घण्टाको समय छुट्याउनु पर्छ । २४ घण्टाको समयमा ११ घण्टा जागिर मै बिताउँदा घरमा समय दिन पाउने अवस्था छैन् । 

पहिला गाडि चढेपछि घर नआओस् जस्तो लाग्थ्यो अहिले कहिले आउला जस्तो लाग्छ । हिँडेर सम्भव नभएपछि दिक्क लाग्दो यात्रा गर्नु पीडादायिक बनेको छ । पावर र आफन्त हुनेहरू अन्यत्र टाढादेखि काठमाडौँमा सजिलै सरुवा भएका छन् । शक्तिको पहुँचमा नपुग्नेले जति प्रयास गरेपनि सफल नभइँदो रहेछ । देशका अगुवाहरू आफ्नो–आफ्नो भाग लगाउँदैमा व्यस्त छन् । सर्वसाधारणका समस्यालाई देखेर पनि अन्धो बनेर बसेका छन् । उनिहरूलाई कतै समस्या छैन्,दलबल सहित हिँड्छन् सडक खाली गराएर ।  

वर्षौँको नागढुङ्गादेखि कलंकीसम्म पर्ने जामले सबैको जीवन अस्तव्यस्त बनाएको बुझेकी छु । राजाधानीबाट बाहिरिने मुख्य सडकको गति  कहालीलाग्दो छ । १ घण्टाको यात्रामा ५ घण्टा लाग्ने भएपछि व्यक्तिगत जीवनमा पर्ने असरको बारेमा कसैको ध्यान जान सकेको छैन् । समयले गर्दा कतिका महत्वपूर्ण काम हुन पाएका छैनन् । त्यसमा सरकारको चासो छैन् । दिनदिनैको मानसिक तनाबले दैनिक यात्रा गर्ने यात्रुको जीवनमा पु¥याएको चोटमा मलम कहिले लाग्छ पत्तो छैन् । 

'देशलाई स्वर्ग बनाउँछौँ ।'  'स्वीजरल्याण्ड बनाउँछौँ ।'  'विकासको नमूना बनाउँछौ ।' यस्ता शब्द हामीले नसुनेका पनि होइनौं । बरू सुन्दासुन्दा दिक्क भईसक्यौं । नेतृत्वले ल्याएका मुखौटे योजनाहरूले हिजोआज जनतालाई ग्यास्ट्रिक भएर अमिलो पानी आउन थालिसकेको  छ । देश विकासको  मुख्य औजार बाटोको अवस्था त अस्तव्यस्त छ । अन्त के आस गर्ने ? ग्यास्ट्रिक  भएका जनताले सहज वातावरणको उपचार पाएनन् भने अल्सर भएर क्यान्सर हुने अवस्था नआउला भन्न के बेर ? 

 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला