मोदी, भो सस्तो ललिपप नखुवाऊ मधेशलाई

   

अभिशेक जोशी, भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीले जनकपुर विकासको लागि १ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । शुक्रबार जनपुरस्थित बाह्रविघा मैदानमा आयोजित नागरिक अभिनन्दन थप्दै मोदीले नेपालमात्र होइन छिमेकी क्षेत्रकै विकासका लागि आफू सधै सकारात्मक रहेको दाबी गरे । मोदी भाषणको पानी नचुहिने खालको हुन्छ । मोदी नेपाल भ्रमणमा मात्र होइन अमेरिकी,जापान र चीन लगायत देशको भ्रमणका क्रममा पनि मासमूखी भाषण गर्न निकै खप्पिस छन् । भाषणमा उनी ताली निकै खान्छन् । तर, व्यवहार त्यस्तो छैन जस्तो उनी बोल्छन् ।   

यसअघि नेपालमा भुकम्पको बेला पुनःनिर्माणका लागि पनि १ सय करोड भारु सहयोग दिने घोषणा गरिएको थियो । तर, आजसम्म त्यो रकम नेपालले पायो वा पाएन, नागरिक तहमा जानकारी छैन । जनभावना अनुसार भाषण दिन माहिर मोदीले जनकपुरमा पनि विकासका थुप्रै ललिपप बाँडेका छन् । सर्वसाधारण पर्रर ताली पिट्छन्..... ।  जलमार्ग र रेलमार्ग मात्रै होईन, पेट्रोलियम सप्लाईका लागि विहारको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाईपलाईन विछ्याउने कामले तीव्रता पाएको उनले जनाएका छन् । 

भारतमा दश करोड भन्दा बढी भिकारी छन् भनिन्छ । त्यति मात्रै होईन, भारतमा हरेक वर्ष ५ हजार बढी किसानहरु आत्महत्या गर्ने गर्दछन् । हरेक दिन थुप्रै बलात्कारका घटनाहरु भईरहने मुलुक पनि हो भारत । यस्तो अवस्थामा नेपालको गरिबी हटाउने घोषणा गर्नु मोदी आप्mनै लागि पनि एउटा व्यङ्ग्य जस्तो लाग्छ ।  किनभने नेपालमा गरिबी जरुर छ तर भीख माग्ने अनि आत्महत्या गर्ने तहको गरिबी छैन् । यहाँको विकासका लागि चट्टान नै फोड्नु पर्ने जटिलता छैन । सरकारले ईमान्दार प्रयास गर्ने हो भने नेपालका नागरिकहरुको जीवनस्तर केहि वर्षमै सुधार गर्न सकिन्छ । त्यसकारण, आप्mनो मुलुकका गरिबहरुको आर्थिक अवस्था सुधार नगरी नेपालको गरिबी हटाउन मदत गर्ने वाचा निकै हलुका खालको छ । 

कसले दियो जनकपुर सिँगार्ने पैसा मोदीको स्वागत कार्यक्रमलाई भव्य बनाउन प्रदेश सरकारसँग बजेट कहाँबाट आयो ? कसले पैसा दियो ? यो कुरो अहिले पनि खुलेको छैन । नेपाल सरकारसँग यस कामका लागि खासै समन्वय नगरेको प्रदेश सरकारलाई पक्कै पनि भारतबाट नै पैसा आएको अनुमान लगाउन सकिन्छ । यस अभ्यासले प्रदेश नम्बर दुई नेपाल सरकारको नियन्त्रण भन्दा बाहिर रहेर स्वतन्त्र राज्यको अभ्यासमा रमाउन खोजीरहेको छ वा त्यसकै लागि उसलाई उक्साउन थालिएको छ कि भनेर हामीले आशंका गर्न मिल्छ कि मिल्दैन ?  भाषणमा मोदीले भनेको छन्–केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर एक सय करोडको परियोजना सञ्चालन गरिनेछ । यसमा भारतीय पक्षको पनि सहभागीता रहनेछ । विज्ञ टोलीले परियोजनाका लागि स्थानहरुको पहिचान गरे पछि विकासका कामहरु हुनेछन् । ती कामहरु सम्पन्न गर्नका लागि तयार पारिने योजनाहरुमा केन्द्र सरकार र मधेश सरकारबिच मतैक्य होला भनेर भन्न सकिन्न ।  काठमाडौँलाई के दिन्छन् मोदी ? भुकम्पबाट थलिएको काठमाडौँले नाकाबन्दीको गहिरो चोट पनि खानुपरेको थियो । त्यस पीडालाई अहिले पनि काठमाडौँले भुल्न सकेको छैन ।

मोदीले नाकाबन्दी गलत थियो भन्दै माफी नमागेसम्म काठमाडौँले मोदीलाई हार्दिक स्वागत गर्ने छैन । यो कुरो मोदीले पनि सहजै बुझेका छन् । जसरी जनकपुरलाई खुसी पार्न उनले एक सय करोडको ललिपप फालेका छन् । त्यसरी नै काठमाडौँलाई खुसी पार्न पनि कुनै न कुनै सहयोगको ललिपप फाल्ने छन् । कुन सहयोगको ललिपप फाल्नेछन् ? मादी जी भो अव बन्द गर्नोस अब यो सस्तो ललिपप खुवाऊने काम ।  

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला