मोदीले दिएको त्यो पीडा

मोदीले दिएको त्यो पीडा

सरस्वती पाण्डे 'सरस'/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विभिन्न टिप्काटिप्पणी भएका छन् । भूकम्पीय पीडाको अनुभूति गरिरहेको अवस्थामा भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाएको थियो । त्यसैलाई सम्झदै नेपालीले मोदीको विरोधमा उत्रिएको देखिन्छ । 

हाम्रो मुलुकमा कुनै पनि देशको पाहुना आउनु राम्रो हो । अझ आफ्नै छिमेकी देशका शक्तिशाली प्रधानमन्त्री आउँदा हामीले स्वागतसत्कारमा कुनै कसुर बाँकी राख्नुहुँदैन । नेपाल सरकारले पनि मोदीको भ्रमणलाई अति महत्वका साथ हेरेको देखिन्छ । अन्य देशका राष्ट्रप्रमुख आउँदा हामीले दिने मानसम्मानले हाम्रो राष्ट्रको इज्जतमा सहयोग पु¥याउँछ । सुरक्षाका, सामाजिकता, हार्दिकता लगायत विविध पक्षसँग राष्ट्रप्रमुखको भ्रमण जोडिने हुँदा हामीले आफ्नो क्षमता प्रदर्शन गर्नु पर्दछ । स्वभाविक पनि हो । तर, आवश्यकताभन्दा बढी गर्नु पनि स्वभनिय मानिदैन ।  नाागरिक अभिनन्दन गरिनुपनि आवश्यक छैन् । नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि जुन किसिमले महत्व दिएको छ मलाई लाग्छ त्यति धेरै सम्मान पनि छैन् । किनकी उसले गरेको त्यो वैगुन सम्झँदा ।  

भारतले हामीलाई धेरै सहयोग गरेको छ । सत्य हो । हामी नेपालीको हैसियत अनुसार भारत हाम्रो सच्चा मित्र हो । उसले नाकावन्दी गर्दा हाम्रो अवस्था कस्तो भयो ?  हामीले ६ महिनाको नाकावन्दीमा अनुभूति गरेकै हो । मोदीले दिएको त्यो पीडा भुल्नै सकिदैन । हामीलाई नाकाबन्दी गरेर मोदीले धेरै पीडा दिएका थिए । भूकम्पको समयमा अभावमै अभावमा बाँच्नुप¥यो । के-के भयो यहाँ वर्णन गरेर साध्यै नै छैन् । सबै नेपालीलाई थाहा भएकै कुरा हो । प्रत्येकले पीडादायिक अनुभूति गरेकै छन् ।  हाम्रा नेताहरू सतही रूपमा भारतलाई जतिसुकै गाली–गलोच गरेर ‘राष्ट्रवाद’ को फास्रो नारा लगाएर जनतालाई ‘मुर्गा’ बनाए पनि भारतप्रति झुकिहाल्छन् । नझुकी पनि सुख छैन् । सत्ता सञ्चालनको निर्देशन भारतबाटै हुने गरेका कयौं उदाहरण छन् । जसमध्ये प्रतिनिधि उदाहरणमको रूपमा ६/६ महिनामा हाम्रो सरकार परिवर्तन हुनु हो ।

सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक रूपमा हामी भारतप्रति कति आश्रित छौँ भन्ने दुनियाँलाई थाहा छ । तर, ६ महिना हामीमाथि भारतले लगायको नाकाबन्दीको चैँ जति निन्दा गरे पनि पुग्दैन । क्षेत्रीय राजनीतिक दलको माग पूरा गराउन दवाब दिन भारतले नाकाबन्दी लगाएको थियो । जून अन्तर्राष्ट्रिय कानून विपरित पनि थियो । हामीले आफ्नो हैसियत बलियो बनाउनुपर्छ । ताकी अरूले हामीलाई हेप्न नसकुन । भारतले हामीलाई हेपेको हाम्रो अविकसितपनाले नै हो ।  नेताहरूले मुलुकको लागिभन्दा व्यक्तिगत स्वार्थको लागि राजनीति गर्दा त्यसको प्रत्यक्ष मारमा जनता छन् ।  

मोदीले नेपाल आएर गरेका कतिपय वाता पूरा गरेका छैनन् । मोदीले करिब चार वर्षपहिले आफू नेपालको औपचारिक भ्रमणमा आउँदा धेरै वाचा गरेका थिए। कैयौं, दुई मुलुकको संयुक्त वक्तव्यमा लिपिबद्ध छन् त कति, तत्कालीन संविधानसभामा सम्बोधन गर्दा वा अन्य औपचारिक संवादका क्रममा उनले प्रतिबद्धता व्यक्त गरेका हुन् ।  तत्कालीन संसद्मा सम्बोधन गर्दै बहुचर्चित पञ्चेश्वर परियोजनाबारे मोदीले एक वर्षभित्र ५ हजार ६ सय मेगावटको यो योजनाको काम सुरु हुनेछ र त्यसबाट नेपालको कति ठूलो सेवा हुनेछ भनेर तपाईँले कल्पना गर्न सक्नुहुन्छ भनेका थिए । तर उक्त वाचा चार वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन् । 

लामो समयदेखि छलफलको विषय बनेको प्रस्तावित प्रहरी प्रतिष्ठानको मोदीको पहिलो भ्रमणमा पनि विशेष चर्चा भएको थियो तर निर्माण कार्य अघि बढ्न सकेको छ्रैन् । मोदीले आफ्नो आस्थासँग जोडेका पशुपतिनाथ मन्दिरमा धर्मशालाको निर्माण दुई महिनामै थाल्ने वाचा गरेका थिए । तर अहिलेसम्म चौथाइ जतिमात्रै काम भएको जानकार अधिकारीहरू बताउँछन् ।

संसदमा सम्बोधन गर्दै मोदीले भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउने वाचा गरेका थिए । तर त्यो वाचा पूरा हुने छाँटकाँट देखिंदैन । अहिले पनि भारतबाट नेपाल फोन गर्दा ८ देखि १२ भारुकै पुरानै दर छ । नेपालबाट गर्दा चाहिँ अधिकतम साढे २ रुपैयाँमात्रै छ । टेलिफोन शुल्क घटाउने घोषणा कागजमै सीमित भएको देखिन्छ । 

नेपाली पक्षले महेन्द्रनगरस्थित महाकाली नदीमाथिको चार लेनको पुल बनाइदिन आग्रह गरेको थियो । तर भारतले समयमै पैसा नदिंदा नेपाली पक्षले निर्माण आफैँ सुरु गरेको छ । पूरा नभएका यस्ता वाचाको लामो फेहरिस्त छ तर कतिपय अवस्थामा निरन्तर नपछ्याउने नेपाली पक्षको प्रवृत्ति र खर्च गर्न नसक्ने क्षमता समेत त्यसमा जिम्मेवार रहेको ठान्नेहरूको पनि कमी छैन् । 

अन्त्यमा, जसले जे भनेपनि मोदीको नेपाल भ्रमण सफल रहोस् । मोदीबाट हामीदे धेरै लाभ लिन सकौं । लाभ भनेको विकासका कार्य भनेको हो । हाम्रा हैसियत अनुसार पाहुनालाई स्वागत गर्नु पर्दछ । भारत र नेपालबीच ऐतिहासिक, सामाजिक/साँस्कृतिक आदि सम्बन्ध वषौँदेखि छ । यसलाई अझ बलियो बनाउनुपर्छ । भारतले पनि नेपाल सानो मुलुक हो भनेर हपाहा प्रवृत्ति देखाउनु हुँदैन् । नेपालको आन्तरिक मामिलामा हस्ताक्षेत्र गर्नु स्वभनिय हुँदैन । नेपाल आफ्नो समस्या समाधान गर्न आफैं सक्षम छ भन्ने हेक्का भारतले राख्नुपर्छ । भारतले नेपालमा लगानी गर्नुपर्छ । लगानी ल्याउने वातावरण नेपाल सरकारले गर्नुपर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका वाचाहरू समयमानै पूरा हुनु अति आवश्यक छ । कि बोल्दै हुँदैन बोली सकेपछि आश हुन्छ । मोदीको यस भ्रमणले दुई देशको सम्बन्धमा नयाँ उचाई प्राप्त होस् पंक्तिकारको शुभकामना ।   

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला