शिक्षा नीति निर्माणको तयारीमा पाँचखाल नगरपालिका

   शिक्षा नीति निर्माणको तयारीमा पाँचखाल नगरपालिका

अमरवाणी संवाददाता /काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयका निम्ति शिक्षा नीति निर्माण कार्यको थालनी  गरेको छ । नगरपालिकामा शैक्षिक अन्र्तक्रिया गरेर नीति निर्माणको कार्यलाई अगाडि बढाएको हो ।  

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको सभापतित्व र शिक्षाविद् जनार्दन नेपालको प्रमुख आतिथ्यमा शैक्षिक अन्र्तक्रिया गरी नीति  निर्माणको कार्यलाई अगाडि बढाएको हो । अन्र्तक्रियामा नगर क्षेत्रका ३९ ओटा सामुदायिक र ११ ओटा निजी गरी ५० ओटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष्य, प्रधानाअध्यापक र नगरका शिक्षाविद् सहित झण्डै एक सय ५० जनाको सहभागिता थियो । कार्यक्रममा नगरका प्रशासकिय अधिकृत भोला चापागाईंले भने,‘पाँचखाल नगर क्षेत्रमा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तरमा कमी आउन नदिनका निम्ति एउटा नगर स्तरिय  शिक्षा समिति गठन र शिक्षा नीति एवं कानुन निर्माणका लागि यो शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो ।’

 पूर्व गृहसचिव एवम् शिक्षाविद् जनार्दन नेपालको कार्यपत्रबाट प्रारम्भ भएको यस अन्र्तक्रिया कार्यक्रममा लामो समयसम्म शिक्षाक्षेत्रको अनुभव सँगालेका दामोदर अधिकारी, डा. सुधार अधिकारी, रामशरण लुइटेल, लभग्रिन नेपालका कार्यकारी अधिकृत नारायण ज्ञवाली लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअहरूले आफ्ना सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन  गदै मेयर खरेलले अहिलेसम्म पनि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नपाएको गुनासो गर्दै सरकारले स्थानीयतहलाई डम्ङििसाईड बनाएको आरोप लगाए । उनले भने,‘शिक्षामा गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र व्यवस्थापन समिति सबैको बराबर भूमिका हुने भएकोले सबैले स्वामित्व महशुस गर्न सक्ने शिक्षानीति बनाउनेमा मेरो पहल रहनेछ ।’ शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्नका लागि आग्रह पूर्वाग्रह  त्यागेर शिक्षा नीति र कानुन निर्माण गर्नकालागि मलाई नगरबासी सबैको म्याण्डेट चाहिएको छ, मलाई साथ दिनुहोस, खरेलले भने ।शिक्षा समिति एवम् नीति निर्माण अगावै एउटा विज्ञ समिति बनाएर त्यसका लागि  काम गर्ने बताउँदै खरेलले भने,‘ विज्ञ समितिको सुझावलाई गाइड लाइन मानेर शिक्षा नीति बनाउनेछौं ।’

   

प्रतिकृया दिनुहोस

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा

कस्ता कलेज रोज्ने ? 

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज

   राष्ट्रिय धान दिवस १५ असारमै किन

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको

  सिद्धान्तको लासमा टेकेर जन्मिएको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि