राष्ट्रवादको अचानोमा मोदीको तरबार

 

 

अभिषेक जोशी/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो नेपाल भ्रमण बैशाख २८ गते जनकपुरबाट  हुँदैछ । भ्रमण सफल बनाउन नेपाल सरकार सबै काम छोडेर तयारीमा जुटेको छ । मानौं कि एउटा किसानलाई असारे चटारो लागेको छ । नागरिक अभिनन्दन, जनकपुरमा गरिने स्वागत र मुक्तिनाथ मन्दिर दर्शनका लागि सबै व्यवस्था मिलाईएको छ । सुरक्षा निकायका सबै संयन्त्रहरु ‘हाइ अलर्ट’ छन् ।  

यतिबेला जनकपुर सिँगारिँदैछ; भत्केका धुलाम्मे सडक पिच हुँदैछन् । राजेन्द्र महतोमा अनौठो उत्साह देखिएको छ । उनको बुढो शरीरमा  १६ वर्षे जवानी चढेको छ । नाकाबन्दी गर्दाको भन्दा सक्रियता कम छैन् । उनी आफैँ झाडु बोकेर सडकमा निस्केका छन् । उनका यी सबै कर्तुतमा भारतीय ‘भक्ति’ झल्कन्छ । यो घाम जस्तै छर्लङ्ग छ ।

पहिलो पल्ट भारतीय प्रधानमन्त्रीले जनकपुर टेक्दै छन् । त्यस अर्थमा भ्रमण महत्वपूर्ण पनि छ । तर, जुन किसिमको ‘भक्तिभाव’ झल्काउन खोजिएको छ, त्यो एउटा स्वाभिमानी नेपालीलाई पच्ने खालको छैन् । वषौँदेखि जनकपुर कुरूप थियो, कसैले पनि यसका गल्लीहरू सफा राख्न जरुरी ठानेनन्, बरू भत्केका सडक र तिनले उडाउने धुलो देखाउँदै राजनीतिक स्वार्थको रोटी सेकियो । एकाएक अहिले जनकपुर बेहुली झैं सिँगारिएको छ । यो कसलाई देखाउन ?

मोदीलाई,जनकपुरबासीलाई  कि ओलीलाई ?

मोदी जनकपुर भ्रमण सकेर काठमाडौँ आउनेछन् । त्यसपछि, मुक्तिनाथ दर्शनका लागि जानेछन् । तर, काठमाडौँ टेक्दा सर्वसाधारण नेपाली जनताबाट उनले पहिला पाए जस्तो सम्मान पाउने सम्भावना ज्यादै न्यून छ । नाकबन्दीले कुँडिएको नेपाली मन अझै पनि स्थिर बन्न सकेको छैन् । मोदीले पछिल्लो पटक भुकम्पबाट थलिएको नेपाललाई मित्र राष्ट्रको रूपमा उपलब्ध गराएको निर्मम सहयोग–नाकाबन्दी–लाई नेपालीहरू भुलेका छैनन् । केहि दिन यता सीमामा एसएसबीले देखाएको दादागिरीबारे पनि काठमाडौँ जानकार छ । त्यसकारण, भ्रमणको क्रममा नागरिक तहबाट कुनै खालको विरोध नहोस् भन्नेतर्फ नेपाल सरकार निकै सचेत देखिन्छ ।

सीमामा दादागिरी

ओलीको ऐतिहासिक भारत भ्रमण सफल भएको महिना दिन नपुग्दै सीमामा निहत्था नेपाली नागरिकमाथि हतियारधारी एसएसबी जाईलाग्न थालेका छन् । तर राष्ट्रवादी भनिएको सरकार अचम्मसित मौन छ । के हिजोका केपी ओली र आजका केपी ओली भिन्दै व्यक्तित्व हुन् ? अनि के यस्ता विषयमा सरकार मौन रहन मिल्छ ? आप्mना नागरिकहरूको सुरक्षाप्रति सरकार संवेदनशील हुनु पर्दैन ? भारतीय आर्मीको विशेषम दस्ता ‘कमाण्डो’ फोर्सलाई हातहतियार बोकेर नेपाल छिर्ने अधिकार कसले दियो ? सरोकारवाला भारतीय पक्षसँग यस विषयमा हाम्रो सरकारले सोधीखोजी गर्ने कि नगर्ने ? यहि हो, नेपाल भारत सम्बन्धले प्राप्त गरेको नयाँ उचाई ? के अब, नेपालीहरुले आप्mनै जमिनमा बाटो बनाउन पनि भारतसँग अनुमति लिनुपर्ने ? के अब आफ्नो कृषिबाली जंगली जनावरहरूबाट पनि जोगाउन नपाउने नेपालीहरू ले ? भारत नेपाल मित्रराष्ट्र भन्दै र सुन्दै आएको जुग बितिसक्यो । तर, वर्षाैँ पुराना सवालहरू आज पनि जस्ताका तस्तै छन्–हतियार देखाएर कसलाई तर्साईन्छ, शत्रुलाई कि मित्रलाई ? हतियारधारी सैनिक जत्थाले छिमेकी मुलुकका निहत्था नागरिकमाथि दुव्र्यवहार गर्नु मित्रता हो कि शुत्रता हो ? अहिले भारतीय सीमा सुरक्षा बल नेपालीहरूसँग सीमानामा जुन खालको व्यवहार गरिरहेको छ; त्यस खालको व्यवहार शत्रु राष्ट्रका नागरिकहरूसँग समेत गरिन्न । पाकिस्तान वा चीनसँग सीमा जोडिएका भुभागमा यहि भारतीय सुरक्षा बल विरालोको छेउमा परेको मुसा जस्तो बनेर बसेको छ ।

पाकिस्तानतर्फबाट अनेक पटक आतंकवादी हमला भए । भारतीय सैनिकहरु हताहत भए । तर पनि यिनीहरुले पाकिस्तानी भुभागमा घुस्ने आँट गर्न सकेनन् । सर्जिकल स्ट्राईक नामको एउटा झुट मीडियामा प्रचार गरिएको थियो; पाकिस्तानले खण्डन गरेपछि विश्व जितेको जस्तो रातदिन बहादुरीका गाना गाईरहेको भारतीय मीडिया चुप लाग्यो । सीमानामा गस्ती गर्दा गर्दै बाटो भुलेको बहानामा चीनियाँ सैनिक भारतको अरुणाञ्चल प्रदेशभित्र हातहतियार बोकेर घुसेको घुस्यै हुन्छ र हरेक पटक सामान्य सोधीखोजी गरेर पछाडि हट्ने गर्दछ, भारतीय सेना । त्यहि सीमा सुरक्षा बल, नेपालको सीमानामा सिंहको रवाफ देखाउँछ । नेपालको सीमाभित्र जबरजस्ती घुस्छ र एक्ला दुक्ला रहेको नेपाली नागरिकमाथि बहादुरी झाड्छ । यसको मुख्य कारण खुला सीमाना पनि हो । जताबाट जतिखेर जसले जसरी पनि नेपाल छिर्न पाईरहेको छ । त्यसकारण, हरकसैको अनधिकृत आवागमन रोक्नको लागि नेपाल भारत सीमामा काँढेतार लगाउनु आवश्यक भईसकेको छ । काँढे तार नलगाएसम्म अन्य अपराधहरु नियन्त्रण गर्न सकिएला; भारतीय एसएसबीको दादागिरी नियन्त्रण गर्न सकिन्न ।

बढ्दो धार्मिक विवाद

वेलायत, नर्वे, स्वेडेन, डेनमार्क, नेदरल्याण्डस् आदि मुलुकले नेपालमा धर्म परिवर्तनका लागि विभिन्न आईएनजिओ मार्फत् अर्बाैँ रकम लगानी गरेको तथ्य अब गोप्य रहेन । मीडियाले पनि यतिखेर यस विषयलाई निकै प्राथमिकताका साथ उठाईरहेको छ । किनभने, धर्म परिवर्तनको जुन चलखेल वितेका दश वर्षदेखि नेपालमा चलिरहेको छ, त्यसले समाजलाई नयाँ द्वन्द्वमा फसाउने पक्कापक्की छ । त्यसकारण बेलैमा, त्यसको रोकथाम आवश्यक छ । यति हुँदा हुँदै पनि इसाईकरणका गतिविधीहरू सरकारी नियन्त्रणबाहिर गईरहेका छन् । दोलखामा उपराष्ट्रपति पुनः कै हातबाट पाठ्यक्रम वितरणको नाममा बाईबल वितरण गराउने दुस्साहस ईसाई मिसनरीले गरे । यसरी उपराष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई धर्म परिवर्तन गराउने षड्यन्त्रमा दुरुपयोग गरिँदा समेत राज्यले दोषीहरुलाई कानुनी उपचारको दायरामा ल्याउन चाहेन । यसैगरी, चितवनमा एक जना हिन्दु दलित महिलालाई चर्चले बोक्सीको आरोप लगायो । भगवान शिवको फोटो सार्वजनिक स्थानमा जलायो । यस काण्डले विकट रुप लिएपछि, प्रहरी प्रशासनको अग्रसरतामा त्यस चर्चमा तालाबन्दी गरियो । काठमाडौँ मै कलंकी जस्तो व्यस्त क्षेत्रमा माईक समातेर सुसमाचार सुनाईरहेका ईसाई मिसनरीहरुलाई स्थानियले भगाउनु परेको थियो ।   

अन्त्यमा,

माथि उल्लेख गरिएका तथ्यहरु राष्ट्रवादी सरकारमाथि कसिला व्यङ्ग्य हुन् । किनभने ओलीले भने–भारत भ्रमण ऐतिहासिक भयो । अब नेपाल भारत सम्बन्धले नयाँ उचाई पायो । तर महिना दिन नबित्दै सीमामा भारतीय एसएसबीले दादागिरी सुरु गरे । सामान्य मानवीयताको समेत ख्याल नराखी नेपालमाथि लगाईएको नाकाबन्दी बिर्सेर नेपाल सरकार नरेन्द्र मोदीको नागरिक अभिनन्दन गर्ने तयारीमा जुट्दैछ । आईएनजिओको आडमा भईरहेको धर्म परिवर्तनको व्यापार ठप्प पार्ने भन्दै सरकार राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गर्दैछ तर मिसनरीहरु उपराष्ट्रपतिकै हातबाट बाईबल वितरण गराईरहेका छन् । प्रधानमन्त्रीको बोली, सरकारको गृहकार्य तथा कार्य र योजनाहरुबिच कतै पनि तादम्यता भेट्टाउन सकिएको छैन् । सुनकाण्ड र सिण्डिकेट तोड्ने सवालमा गृहमन्त्री बादल र यातायात मन्त्री रघुवीर महासेठले गरेको जबरजस्त प्रयासलाई बिर्सिदिने हो भने प्रधानमन्त्री केपी ओलीको सरकार विगतका सरकारहरू भन्दा पृथक देखिएको छैन; यहाँसम्म आईपुग्दा । किनभने पानी जहाज र रेलको अभावमा पनि नेपालले समृध्दि हासिल गर्न सक्छ तर धार्मिक द्वन्द्वको आगो एकपटक सल्कियो भने त्यसपछि मुलुक तङ्ग्रिन नसक्ने गरी थला पर्नेछ । यस्तो खालको राष्ट्रवादले मोदीको तरबारको प्रहारलाई कति दिन थेग्ला ?

 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला