जनस्वास्थ्य विज्ञको डा.उपेन्द्र देवकोटालाई हृदयस्पर्शी पत्र

जनस्वास्थ्य विज्ञको डा.उपेन्द्र देवकोटालाई हृदयस्पर्शी पत्र

श्रद्धेय डाक्टर सा’ब !

असीम श्रद्धा  ।

अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले ।

जस्तो- 

तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकाले नभएकोले बेलायत गएको आदि ।   

त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उद्धृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा विज्ञानको  विद्यार्थीको नाताले मलार्इ त्यतिबेला लागेको थियो– तपाईंलाई  पक्कै पनि नेपालमा उपचार सम्भव नभएको रोग लागेको छ । र, त्यो रोग प्राणघातक क्यान्सर नै हो ।

मैले बुझ्छु–

हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन् । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मिडिया तथा आमजनतामा हाम्रो हैसियत ‘?’ उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलार्इ लागेको थियो–

तपाईं सर्जरी, केमो आदिको चक्रब्युहमा हुनहुन्छ । र, त्यो कर्कटलाई जितेर मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिवादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, विमानस्थलबाट तपाईं एम्बुलेन्समा सुतेर अस्पताल जानुप¥यो  । तपाईं अन्तिम सत्य बोल्न बाध्य हुनुभयो । हामी निरिह भएर सुन्न विवस भयौं मात्रै ।

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हुनुहुन्छ ।  न्युरो सर्जरीमा चम्किलो तारा हुनुहुन्छ ।  डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हुनुहुन्छ ।  राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि ।  स्पष्ट बक्ता हुनुहुन्छ ।  आफ्नो मर्जीको मालिक हो ।  स्वाभिमान र गर्वको शिखर हो । सायद ‘घमण्डी’ पनि हो । आजीवन राजनीतिगर्नेहरू नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हुनुहुन्छ ।  नेसनल ट्रमा सेन्टर, चिकित्सा विज्ञान  प्रतिष्ठान, न्युरो अस्पताल लगायत उपलब्धिका जननी पनि हुनुहुन्छ । स्वतन्त्र पन्छी हो,त्यसैले सुनको पिंजडामा नअटाएको तालचरा हो ।  हामी सबैको अनुकरण एवम् इष्र्याको पात्र पनि हुनुहुन्छ । 

 हामी सबै मृत्युको गन्तव्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै । हामीहरू उसैको गन्तव्यतिर  दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, वस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असीमित  आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा ?  भगवान राम, कृष्ण, अल्लाह, यशु लगायत देवता समेत मृतुन्जयी बन्न सकेनन् । मृत्यु अनपेक्षित, चामत्कारिक एवम् सर्वाधिक पीडादायी सत्य हो । 

दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाईंको  मृत्यु हुनसक्थ्यो । त्यसो भएको भए तपाईंलाई आफूले मृत्युवरण गर्दै गरेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन्, व्यवहार मिलाउन नपाएको पारिवारिक पीडा छैन् । ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरू छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन् ।  लाखौँ उपचारका स्रोत छन्, जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् ।

आशा अझै बाँकी छ-

सम्भावनाको दियो निभेको छैन्, श्रद्धेय डाक्टर सा’ब !  आफूलाई  म मर्दैछु भन्ने कहियै नसोच्नुहोला ।  हामी हामी जो कोहि पनि मर्दैछौँ । आफूले सम्पूर्ण जीवन छोटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण र सार्थक जीवन बाँचेको मान्छेको लागि आँसु उपयुक्त बिम्ब होइन । तपाईं ६३ वर्षको उमेरमा पनि सय वर्षको अनुभव लिन सक्नुभयो । सय वर्षको योगदान दिन सक्नुभयो ।  यो नै तपाईंको दीर्घायु हो । 

तपाईं यस्तो उचाइमा पुगेको व्यक्ति हो–

जसको लागि ओर्लनुको विकल्प थिएन । तर, तपाईंलाई विकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक विनाश्रमको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।

यहाँ स्वयम् गहन अध्येता पनि हो । मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन् । दुईवर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’ नलेखेको भए एकवर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो ।  आत्मबल र गन्तव्यको क्रेजले उनी ८ वर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र होइन्, जमराको रस तथा खुर्पानीको  बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरू हाम्रो समाजमा छन् । 

स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्री गणेश शाह लगायतका व्यक्तिहरू हाम्रो समाजमा अझै सक्रिय छन् । तसर्थ एकरति पनि हार नखानुहोला । आफूले  गरेको संघर्ष, देखेको संसार, भोगेका पल एवम् त्यो अद्भुत क्षमताको रहश्यलाई  जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ यहाँलाई । 

 

 

गन्तव्यको  सीमा भएको अवस्थामा लेखाइभन्दा ठूलो थेरापी अरू केहि हुँदैन् । ३० व्र्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट, ४३ वर्षको अल्पायुमा निधन भएका भैरव अर्याल, ४२ वर्षको  निधन भएका मदन भण्डारी वा कलिलो उमेरमा क्यान्सर भएर पनि राजनीति तथा साहित्यमा क्यान्सरको छायाँ पर्न नदिएका बिपी कोइराला उहाँहरू जीवितै हुनुहुन्छ ।

तपाईं अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अररूका आँसुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस्, एकपटक रारा ताल पुग्नुहोस्, सगरमाथाको बेसक्याम्प पुग्नुहोस् । यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस् । आधुनिक विज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस् जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदि प्रकृतिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षि बनाउन सकुन । त्यो सम्भव छ । 

कुनै पनि कुरा विकल्पविहिन  हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ?  के थाहा, पित्तथैलीको क्यान्सरलाई सारौँको पित्तले पो निर्मुल गर्छ कि ?  प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईंलाई नबचाउनुको कुनै कारण छैन् । यो भूमि पातपातमा अमृत रस भएको भूमि हो । तन्त्र, मन्त्र, पूजा, तीर्थाटन, भजनजस्ता अनेकौं दैवी चमत्कार भएको भूमि हो । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमी छैन् । कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघि हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।

अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन् । तपाईंको साथमा हामी करोडौं जनता छौं । हामीहरू तपाईको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं ।

डा. देवकोटा !

उठ्नुहोस् ।

हिड्नुहोस् ।

विज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस । जहाँ विश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धोप्रेम भए झैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।

अन्त्यमा,

तपाईंलाई आफ्नो आयुको २० वर्ष उमेर दिन तयार छु ।  उही तपाईंको शुभचिन्तक

 रवीन्द्र समीर  । 

 

 

 

 

(लेखक : जनस्वास्थ्य विज्ञ हुन् ।) 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला