कमरेडहरू ! एकता गर्ने नै भए 'खुट्टा ताछ्न' तयार ?

नरेन्द्रजंग पिटर 

आँधियों के इरादे तो अच्छे न थे,

ये दिया कैसे जलता हुआ रह गया –वसीम बरेलवी

सरकारी कम्युनिष्टहरू राजनीति ‘जीवनकालागि’ भन्दै, सुविधा–राजनीतिका तर्क कोरल्दै ‘समाजवादी’ यात्रामा छन् । वैशाख ९ गते राष्ट्रिय सभागृहको संयुक्त कार्यक्रममा एमाले–माओवादी केन्द्रका ब्यानर र फोटो प्रकरण राजनीतिक प्रहसन मात्रै बनेन् एकताका चित्र र चरित्रमा मनोयुद्ध समेत देखापरे । 

अर्कातर्फ सूचना, प्रविधिको विकास, पूँजीको भूमण्डलीकरण, कर्पोरेट  राजनीति र विश्वमा बढ्दै गएको उग्रदक्षिणपन्थी रुझानले यस भू–संवेदनशील मुलुकको कम्युनिष्ट आन्दोलनमा पनि पारेको प्रभावलाई ध्यान दिइएन् । अर्कातर्फ वयोवृद्ध काँग्रेसी नेता केवी गुरुङ्गले समेत आफ्नो केन्द्रीय समितिमै सिद्धान्तहीनताको असरवादी खेलवारे जोरदार रूपमा कुरा उठाए । त्यसैले भन्नुपर्छ –हामी अहिले वैचारिक प्रतिक्रान्तिको दौरमा गुज्रिरहेका छौँ’ ।

१७ गतेको पार्टी एकता प्रक्रिया घोषणापछि आमचुनावद्वारा स्पष्ट बहुमतप्राप्त नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी ओलीले सफथ ग्रहण नगर्दै ‘१५ मंसिर’ एउटा अन्तरवार्तामा भने–

१. साम्यवाद रमाईलो कल्पना मात्रै हो ।

 २. जनयुद्ध सैद्धान्तिक  भूल थियो । 

३. गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन् । 

४. एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिष्ट र वामपन्थी दुवै हुने छैन् ।

 ५. बल प्रयोग कुनै आधारभूत सवाल होइन् ।

यी विषयमा माओवादी केन्द्र वा एमालेबाट न कुनै प्रतिक्रिया  आए, न कुनै विमतिका स्वर नै सुनियोे । तब भविष्यमा दुवै पार्टीबीच एकताका सैद्धान्तिक आधार यिनै हुन् भन्ने कुरा जगजाहेरै भयो । विकास समृद्धिका नारामा पार्टी एकता गर्ने वाचा र अभ्यास गर्दै रहेका यी दुवै पार्टीले लेनिन जयन्ती र पार्टी स्थापना दिवसमा संयुक्त र्कायक्रम गरे । तर, फोटो र ब्यानर विषय उछालिदै कार्यक्रम ४ घण्टा ढिलो मात्रै सुरु भएन ।  त्यसले अनेकौ सन्देशदिंदै समग्र पकृयालाई तरंगित पनि बनायो ।

प्रधानमन्त्री एवम् एमालेका सुप्रिमोको हैसियतले अध्यक्ष ओलीले इतिहास, विचार, सिद्धान्त, अन्तर्राष्ट्रिय जगत, छिमेकी, प्रतिपक्ष, विद्रोही विप्लव समूहलाई समेत सम्बोधन गरे ।   समग्रमा त्यो ट्रेडमार्किय कम्युनिष्ट भएको उद्घोष पनि थियो । तर, फोटो र ब्यानर प्रकरणमा ‘माओवादी’ चालालाई भने–समग्रलाई वास्ता नगर्ने ...तर अंशको भने चिन्ता गर्ने बेहोसीका रूपमा लिइयो । 

नाम, नारा र ब्यानरको ठूलो अर्थ, महत्व र सन्देश हुन्छ । जहाँसम्म वैशाख ९ को प्रसङ्ग छ– एमालेले अभ्यासक्रममै लामो समयदेखि माक्र्स, एगेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दैनथ्यो । अध्यक्ष ओलीले अन्तरवार्तामै ट्रेडमार्कीय कम्युनिष्ट भनिसकिएका थिए । त्यसको विपक्षमा कुनै बहस, तर्क र विमति नदेखिएको सन्दर्भमा पहिलाका अभ्यासभन्दा फरक नहुनु स्वभाविकै हुन्थ्यो । संसारकै कम्युनिष्ट पार्टीका औपचारिक सभासम्मेलनमा  अन्तर्राष्ट्रिय गीत गाएर आफनो निष्ठा प्रयोग गर्ने चलनै छ । त्यो पनि नयाँ अभ्यासक्रममा तोडियो । जे छैन् र हैन् त्यसको नाटकको आवश्यकता नै छैन् भन्ने अध्यक्ष ओलीको मंसिर १५ को भनाईकै सो निरन्तरता थियो । र, माओवादी केन्द्रद्वारा  अनुमोदन पनि भएको हो । प्रधानमन्त्रीले आफ्नैशैलीमा चौतर्फी कटाक्षमात्र हैन् माओवादी अध्यक्ष प्रचण्डलाई सेन्टिमेन्टल भन्न सम्म भ्याए ।

जे सोचिएको थियो त्यो धङधगी फोटो विवाद बनेर मञ्चन मात्र भएको हो । प्रधानमन्त्रीले उमंग भर्न ‘हामीले मेलामा मित लाएको हो र १ अब त हामी यस्तो अवस्थामा आइसक्यौं, खुट्टामा मिलेन भनेर जुत्ता नलाउने होइन, बरू खुट्टा नै ताछतुछ गरी सानो पारेर जुत्ता लाउने हो,’ ‘बिहेअघि दुलहालाई दुलहीको घर अर्कै लाग्छ, दुलहीलाई दुलहाको घर अर्कै लाग्छ, बिहेपछि जब एकता हुन्छ त्यो घरको बाच्छोको पनि माया लाग्छ,’ भन्नु भयो ।

तर, एकता प्रकृया र अभ्यास नियाल्दा दुवैपार्टीमा दुई  जिमलबाजेले निर्णय गर्ने र रैतीले तेस्लाइविना  छलफल स्वीकार्न विवश हुँने खतरा देखियो । लम्मिदै गएको एकता प्रक्रिया  र निराश बन्दै गएका कार्यकर्ता, व्यवस्थापन  हुन नसकेका आन्तरिक कुराले नेतृत्वमाथि दवाब बढ्दै थियो । एकता हुने कि टर्ने भन्ने कुरा कौतहुलतामा थिए । सरकारको नेतृत्व गरिरहेका पार्टीबीच एकता नहोस् भन्ने पक्ष पनि हौसिदै थियो । अर्कातर्फ शुभचिन्तकमा उदास बन्दै थिए ।  नेतृत्वप्रति आशंका बढदै थियो । त्यसैले माओवादी अध्यक्षले पनि ‘ओलीजी र मैले कुरा गर्दा हुन्छ भनेको दिन हुन्न्, भन्दै नभनेको दिन हुन्छ, हल्ला नै नगरेको दिन ड्याम्म पार्टी एकता हुन्छ,’ भन्न विवस भए ।

यस पंक्तिकारले  भने मंसिर २६ गते नै सामाजिक संजालमा भनेको थियो– हे, माओवादी केन्द्र र एमालेजनहरू...न ज्यादा उत्साहित हौ, न ज्यादा चिन्तित । गठबन्धन रहला तर पार्टीएकता भने हुँदैन् । वैदेशिक संस्था र  आइएनजिओएनजिओ र ’र’ यति कमजोर छैनन् न आइयमयफ र विश्व बैंक । यो संवेदनशील भूगोलमा यी दुर्य पार्टीका एकता हुन उनीहरूले नै दिनेछैनन् । यी दुवै पार्टीमा अब सिद्धान्त , उदेश्य र भूमिका केही फरक छैन् । तर, दुवै संस्थाभित्र पलाएका महत्वकांक्षा, कुण्ठा निकाल्नेछन् । र,  कम्युनिष्टग्रन्थीले सिद्धान्त र इतिहासका कुरा बहस बनेर एकता हुनेछैन् , बाहाना बन्नेछ ।’

नेतृत्वमा कविको हृदय, योद्धाको साहस, र विचारकको विवेक भए मात्र नाङ्गा आँखाले परिर्वतन देख्न, महशुस गर्न सकिन्छ । परिवर्तन पहिला सोचमा आएर मात्र भूमिका र प्रक्रियामा देखिन्छ । तथ्यलाई तथ्यले र तर्कलाई तर्कले काटदा मात्र विमति सहमति यात्रा हुन्छन् । तर, संसदिय कम्युनिज्ममा संख्याको मात्र महत्व राख्ने भएकाले त्यहाँ विचार अभ्यासको कुनै ठाउँ  नभएर आवेग, भ्रम र कुटनीतिक खेलनै एकताकला बनीदिन्छन् । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर अफिसियल नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी एकता पनि आश र त्रासको पातलो डोरोले मात्र धान्न पर्ने अवस्थाबाट गुज्रिन्छ । त्यसैले अध्यक्ष प्रचण्डले एकताकालागि तेस्र्याएका  सर्तमा सिद्धान्त, मान्यताका कुरा नभै – समानता, सम्मान र औचित्यपूर्ण’ विषय आशंका र भयले उठाइएका हुन् ।

जब सिद्धान्तको  राजनीतिले आत्महत्या गर्दै जान्छ, पार्टीहरू अपराधीहरू अपराधको ड्राई क्लिनर्स बन्दै जान्छन् ।  सामाजिक र वैचारिक अन्दोलन उठाउने नैतिकपूँजी  र इन्छाशक्ति नेतृत्वमा हुँदैन् तब माक्र्स खोपीका देवता बन्न पुग्छन् । अनि संवेदनहीन फोटो र ब्यानर बहसको विषय बन्न पुग्छ । तर, त्यसले मूल्य र बिचारधारा जिवित राख्न भने सक्दैन् । उसकासामु खुट्टा ताछेर भएपनि एकता गर्ने उपाय मात्र बाँकी रहन्छ । कम्युनिष्ट आन्दोलनका माक्र्स, लेनिन, माओ र पुष्पलाल जिवित भएका भए अहिले भएका, गरिएका अधिकांश बहस, क्रियाकलाप  र अभियान नियालेर भन्ने थिए होलान– गर,जे गर... तर, हाम्रो नाममा भने नगर’ । जोसँग जे छैन् र जे हैन् भनेर भनिसकिएको छ, त्यही आशा र अपेक्षा गरिनु त अझ विवेक नपु¥याउनु नै हो । कमरेडहरू ! एकता गर्ने नै भए 'खुट्टा ताछ्न' त तयार हुनुहुन्छ ? कि ताछिने डरले ठूला जुत्ताको व्यवस्था गरिसक्नु भा’छ ?

 

 

 

(राजनीतिक विश्लेषक पिटरको यो लेख हामीले जनआस्था साप्ताहिकबाट साभार गरेका हौँ ।)  

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला