सरकार ! महङ्गीले ढाड सेक्यो

सरकार ! महङ्गीले ढाड सेक्यो

सन्तोष सिम्खडा / नयाँ सोच संकल्पका साथ खुुसी लिएर आउनुपर्ने नयाँ वर्षको सुरुवातको  महिना अर्थात् बैशाख महिना गरिबीको रेखामुनि रहेका जनताका लागि सबैभन्दा पीडादायी महिना हो भन्दा अत्युक्ति नहोला । यसलाई केही आधारहरूबाट पनि पुष्टि गर्न सकिन्छ । किनभने आफ्नो बालबच्चालाई पढ्नको लागि विद्यालयमा भर्ना गर्दा कापी, कलम, ड्रेस, भर्ना शुल्क आदि तीर्दा हजारौँ रुपैयाँ चैट हुने महिना, घरबेटीले घर भाडा अनि सानोतिनो व्यापार व्यवसाय गरेर दुःखजेलो गर्नेहरूको सटरभाडा बढाउने महिना पनि हो वैशाख । त्यसैगरी  ठूला व्यापारिका लागि दैनिक उपभोग्य वस्तुको भाऊ पनि बढाउने महिना वैशाख नै हो ।   यो मूल्यवृद्धिको घनाचक्कर आर्थिक वर्ष सुरु हुने बेलासम्म चलिरहन्छ भने सुरु भइसकेपछि अझै जोडतोडले बढ्ने गरेको देखिन्छ । 

त्यस्तै  वाव सरकारले हिजोमात्रै  पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गराएको छ । सम्भवत सरकार बनेको केही महीनाकोबीचमा यो पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तेस्रो पटक हो ।  अचम्म के छ भने हिजोसम्म भैरहवाका पेट्रोलपम्प सबै बन्द थिए, पेट्रोल सकियो भन्थे, आज भाऊ बढ्यो भनेर समाचार आउने बित्तिकै पेट्रोल जति भनेपनि पाइरहेको  देखिन्छ ।  अहीले पेट्रोल पम्पका मालिकहरू ग्राहक कुरेर बसेका छन् । सरकारको यो कस्तो सेटिङ हो बुझ्न सकिएन । 

यसरी तारान्तार मूल्यवृद्धिको सिकार भैरहदा अर्थात् महङ्गीले ढाड सेक्दा पनि जन्ताको हितको लागि भनेर खोलिएका विभिन्न सङ्गठन र विद्यार्थी सङ्गठन मौनबस्नु आफ्नै दलको नेताको र सरकारको भजनमन्डलीमा लाग्नु दुःखद् हो ।  जताततै महङ्गीको मारामार छ । सरकार बनेपिच्छे महङ्गी ह्वात्तै बढ्छ ।  दैनिक उपभोग्य बस्तुकोमूल्य छोइनसक्नु छ ।  निजी विद्यालयको शुल्कवृद्धि, कोठाभाडा बढेर उत्तिकै समस्या छ ।  घरबेटीहरूको हुकुम राणा शासन भन्दा चर्को छ, जति भन्यो उती नै  तिर्नुपर्ने,  भाग भन्दा भाग्नुपर्ने अबस्था छ । के घर बहालमा बस्नेका लागि कुनै कानुन छैन् ? 

सरकार, हामी गरिब जनता यस्तो महङ्गीमा कसरी बाँच्ने ? हामी बिहान–बेलुकासम्म पसिना बगाएर कमाएको पैसाले खान्छौ । अरूलाई लुट्न आउँछ हामीलाई सुन तस्कर गर्न आउँदैन । हामीलार्इ राजतन्त्रकालमा पेट्रोल,  ग्याँस, मट्टितेलको मूल्य धेरै तिरे किन्नुपर्दा भाऊ बढेको भन्ने सोचिन्थ्यो ।  त्यतिबेलाका शासकले पनि त्यही भन्थे तर अहिले गणतन्त्रमा त जे  कुराको मूल्य बढे पनि समायोजन मात्रै हुँदो रहेछ ।  हामी महङ्गीले उठ्न नसक्ने भयौँ ।  

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला