सम्झनामा महाभूकम्प : अनि बिहेको मिति स¥यो

सरस्वती पाण्डे 'सरस'/२०७२ साल वैशाख १२ गते गएको महाभूकम्प तीन वर्ष पुग्यो । धेरैलाई त्यो दिनको सम्झनाले सताउँछ । आठ हजारभन्दा बढीको मृत्यु भूकम्पको कारणबाट भयो । सबैको लागि त्यो दिन कालो थियो । हत्तपत्त त्यो दिने कसैले सम्झन चाहँदैनन् । तर मानसपटलमा भने खिल बनेर बसेको छ । न निकाल्न सकिन्छ न दबाउन नै ।   

मेरो लागि पनि त्यो दिन जीवनको अविस्मरणीय दिन बन्यो । वैशाख बिहेको महिना हो । मेरो बिहे १५ गते थियो । धादिङस्थित घरबाटै बिहे गर्ने भनेर बिहेको लागि धमाधम तयारी हुँदै थियो । निम्तो बाँड्ने काम सकिएको थियो । खानेकुरा बनाउनको लागि धेरै मानिसको आवश्यकता पर्ने भएकाले १२ गते शनिबार  विदाको दिन बनाउने भनेर  काठमाडौँबाट आफन्त आउनु भएको थियो । सबै काम एकै दिनमा सकिने भयो भनेर हामी खुसी थियौं । 

केही खानेकुरा ११ बजे बनाएर सकियो । ड्याडी र दाई अन्य सामान लिन बजार जानु भएको थियो । दिनभरी सबैको फुर्सद भएकाले खाना खाएर बाँकी काम गर्ने भनेर ममीले खानाको तयारी गर्नुभयो । खाना खान सबैलाई बोलाउन मात्र मैले के लागेकी थिएँ अचानक घर हल्लिए जस्तो डङ्ग आवाज आयो । सबैजना ‘भुकम्प गयो, बाहिर आओ ! ’ भनेर कराउन थाले । चारहात खुट्टा टेकेर बल्लबल्ल बाहिर घिस्रदै घरभन्दा माथि बारीेमा पुग्यौँ । निस्कियौं । अनि बस्यौं बारीको पाटामा गएर । जहाँ खुला छ । 

वारिपारिका घर जमिनमा जोतिए । धूलो उड्यो । सबैतिर मानिसको कोलाहल र रुवाबासी सुनियो । हामी पनि हामी होसमा थिएनौं नि ! ड्याडी काठमाडौँ सामान किन्न, भाई र बहिनी पनि काठमाडौँ, दिदी र एउटी बहिनी विदेश, म र ममीमात्र  थियौं । हामी ७ जनाको परिवार ४ ठाउँमा थियौँ । १५ गतेको बिहे, १२ गतेको भूकम्प सामानहरू सबै लथालिङ्ग । गाउँ सबै रुवाबासीमा डुब्यो । वारिपारिका गाउँमा मान्छेहरू भूकम्पमा पुरिए । निकाल्न सकिएन भनेर कराउँदै हाम्रो गाउँतिर आएका थिए मान्छेहरू । हाम्रो रोड नजिकैको घर पुरै भाडामा दिएका थियौं । सबैजना बाहिर निस्किन सफल भएछन् तर रोल्पाको एक जना ९२ वर्षको बुवा घरभित्रै पुरिएछन् । निकाल्न सक्ने अवस्था पनि थिएन । भूकम्प गएको २ घण्टामा ड्याडी हस्याङ्फस्याङ् गर्दै ‘के भो के भो’ भन्दै आउनुभयो । भाई, बहिनी ठीक छन्, विदेशमा हुनेहरू ठिकै होलान् भन्नुभयो । मेरो मन थिर हुन सकेन । बिहे गरेर जाने घर पट्टि के भयो होला ? एक छिन अगाडि ज्ञानेश्वर दिदीको घरमा निम्तो दिन जान लागेको भनेर मेरो हुनेवाला स्वामीको फोन आएको थियो । हुनेवाला स्वामीको सम्झना नआउने त कुरै भएन । जिन्दगी विताउने मान्छेको सम्झनात उसै आउने रहेछ । उँहा कता हुनुहुन्छ होला भनेर पेट पोल्न थाल्यो । फोन कहीँ कतै लागेन । बनको बाघले खाओस् कि नखाओस् मनको बाघले मलाई खाएको थियो ।  एक किसिमको नरमाइलो लाग्यो । मोबाइलमा चार्ज सकिन आँटेको थियो ।  तै पनि फोन लाग्छ कि भनेर धेरैपटक कल गर्ने कोसिस् गरेँ, तर फोन लागेन । धैर्य गरेर बस्ने बाहेक अरू विकल्प रहेन । 

माहोल अलि शान्त भयो । भाउजु, काकीहरूले ‘यस्को घरपट्टि के भयो होला, केटो कता होला’ भनेर मेरो बारेमा कुरा गरेको सुने । कोहि जिस्किएर ‘यस्को बिहेले त भैँचालो नै ल्यायो’ भनेर हाँस्दै थिए । आफ्नो भने भित्रभित्रै आगोले पोले जसरी मन पोलिरहेको थियो । खाना पनि खान पाइएको थिइन । भोकले  पनि धैर्यको बाँध टुटाउन लागेको थियो । बल्ल ५ बजे फोन आयो, म ठीक छु, तिमीलाई कस्तोे छ ? त्यहाँ कसैलाई केहि त भएको छैन  नि ? भनेर हुनेवाला स्वामीले सोधिरहँदा मेरो खुसीको सीमा नै भएन । म त्यसै फुरूङ्ग भयो । केहीहदसम्म भया हट्यो । अघिसम्म भोक र चिन्ताले आत्तिएको म अब ७ दिन पनि नखाइ बस्न सक्छु जस्तो लागेको थियो । सबैतिर आफन्तहरू सकुसल रहेको र मामाघरमा  हजुरआमालाई पुरिएको ठाउँबाट निकाले पनि सकुसल नै हुनुहुन्छ, खुट्टा चाँही भाँचिएको जस्तो छ भन्ने सूचनाले सबैको मन अमिलो भयो । 

साँझ प¥यो । बस्नकै पिरलो भयो । भूकम्पको ज्ञासदी उत्तिकै थियो । कहाँ बस्ने, कसरी बस्ने भनेर सबैजना अ आफ्नो झिक्न मिल्ने घरबाट पाल ल्याउन थाले । एकै छिनमा बारीमा पाल टाँगियो ।  बिहान खान नभ्याएको खाना बाहिर निकालेर वरिपरिकासहित  पुग्ने जति सबैले बाँडेर खायौं । सबैजना सुत्ने तर्खरमा पालभित्र बसेका थिए । लगभग १२ घरका मानिस एउटै पालमुनि थियौं । कोचकाच गरेर सबै सुत्न लागेका थियौं । कहिल्यै नपरेको जस्तो मुसल्धारे पानी र बतास एकै पटक आयो । छेऊ छाउमा भएकाहरू भिज्ने अवस्था भएपछि हामी उभिएर कसैले हावाबाट पाल बचाउन बाँध्न थाल्यौं । कसैले पानी पालभित्र पस्छ भनेर वरिपरि कुलो जस्तो बनाएर पानी तर्काउन थाले । म लगायत धेरैको  हावाले पाल उडाउँछ भनेर  रातभरी पाल समाएर उभिंदैमा उज्यालो भयो । कहिल्यै भोग्न नपरेको दुःख भोगियो भूकम्पमा । हामी त एउटा प्रतिनिभि पीडित थियौं । 

१५ गते बिहे नहुने भयो । आँटिसकेको बिहे गरिहाल्नपर्छ भनेर २२ गते नौबिसेको महादेव मन्दिरबाट बिहे गर्ने निधो गरियो । छापिएका कार्ड, बाँडिएका निम्तो, पकाउन लागिएका सामान सबै अर्थविहिन भए । सबैतिर सोकले डुबेको अवस्था थियो । तामझाम गर्ने कुरा पनि भएन । नैतिकताले पनि दिन्न । यसो उसो गर्दागर्दै बिहेको दिन आइसकेछ । मनमा खुसी पनि छाएको छैन् ।  दुःख पनि भएको छैन् झैँ भएको थियो  । हजारौँ मानिसको भिडमा आफू जन्मिएको घरबाट अन्मिने मेरो दिन जम्मा जम्मी ५० जनाको मानिसको समुहबाट मन्दिरको आँगनबाट अन्मिन पर्ने दिनमा परिणत भयो । अन्मिएर भूकम्पको कम्पनसँगै म नुवाकोटको कर्म थलोमा पुगें । आफ्नो भागमा भएकोभन्दा बढि खान पाइँदैन भन्ने बुढाबुढीको भनाई मलाई सत्य जस्तै लाग्छ । यसरी मेरो २०७२ सालको बैशाख महिना बित्यो । 

धेरैले अभिभावक गुमाए ।  छोराछोरी गुमाए ।  अङ्गभङ्ग भए ।  धेरैको त्यो महिना दुखै दुःखले बित्यो । तीनवर्ष बितिसक्दा पनि आदिभन्दा बढि परिवार टहरामै बस्न बाध्य छन् । सरकाले दिने भनेको तीन लाखले घर बन्ने अवस्था छैन् ।  त्यो पनि पटकपटक लिन जानुपर्ने नियमले धेरै जसो गरिब परिवार आश मारेर टहरामै बस्न बाध्य छन् । कहिले फिर्रा र खै भूकम्प पीडितका दिन ?   

प्रतिकृया दिनुहोस

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा

कस्ता कलेज रोज्ने ? 

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज

   राष्ट्रिय धान दिवस १५ असारमै किन

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको

  सिद्धान्तको लासमा टेकेर जन्मिएको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि