धेरै भयो रेल र पानीजहाजका कुरा, अब शिक्षाका कुरा गरौं

धेरै भयो रेल र पानीजहाजका कुरा, अब शिक्षाका कुरा गरौं

सन्तोष सिम्खडा/प्रधानमन्त्री  केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत करिब आधा दर्जन नेता तथा मन्त्रीहरूले एकएक जना बिपन्न परीवारका बच्चाहरूलाई विद्यालय  भर्ना गरिदिएर ‘अभिभावकत्व’ गरेका समाचार सामाजिक सन्जाल र पत्रपत्रिकामा भाइरल जस्तै बनेको छ ।

 एउटा घेराबाट झ्वाट्ट हेर्दा हरेकलाई यो समाचार राम्रै नै लाग्छ पनि । किनभने एउटा बिपन्न परिवारको मान्छेलाई देशको बागडोर समाहाल्ने ठूला मान्छेरूले पढाइदिन्छु भनेका छन् । जब तपाईं एउटा साँघुरो घेराबाट बाहिर निस्किएर एकान्तमा नेपालका लाखौं बालबच्चाको भविष्यबारे सोच्न थाल्नुहुनेछ, तुइनमा झुण्डिएर स्कुल जाँदै गर्दाको फोटोहरू दिमागमा खेलाउनुहुनेछ, प्राण बचाउन आफ्नो आमासँगै बगरहरूमा गिटी कुटीरहेका बच्चाको तस्बिर देख्नुहुनेछ अनि सानै उमेरमा अभीभाबक गुमाएका बालबच्चाहरू सडकमा फोहरसँग लुकामारी खेलिरहेको, खानाको तलतल मेटन डेन्ड्राइड सुँघिरहेकोे सम्झनुहुनेछ ! तब  हरेकलाइ लाग्छ यी र यस्ता लाखौ पढने उमेरका बालबालिकालाई  शिक्षाको मुलधारमा ल्याउन कुनै एक बालबालिकालाई दया र माया देखाएर मात्रै हुँदैन । 

देशको यी र यस्ता कयौं मामलाको कारण शिक्षाको मुलधारमा नसमेटीयाका बालबालिकाको अभीभाकत्वको दायित्वबोध हुनुपर्ने वा भनौ जिम्मा लिनुपर्ने कम्युनिष्ट सरकार र तिनका मन्त्रीहरू जब केही परिवारप्रति दयामाया देखाएर प्रचार गर्न रूचाउनु एक त ती अभिभावकत्व लिएका परिवारको आत्मसम्मान गुमाएर बस्न बाध्यपारिन्छ जस्ते लाग्छ भने दयामाया पनि गरीबमाथि उपाहास जस्तो लाग्छ । 

जब पद्धति लथालिङ्ग पारिन्छन भर्चुअल दुनियाँमा देशका शासकहरू रमाउदै जान्छन तब लाखौँ बालबालिकाको जिम्मा लिनुपर्ने राज्य सञ्चालकहरू एउटा बच्चालाई सामुदायिक विद्यालयमा भर्ना गरिदिएको सेल्फी लिएर मख्ख छन् । तिनका नेता तथा कार्यकर्ताहरूले नेताले ठूलै काम गरेझै भर्चुअल दुनियाँमा डङ्का पिटिदिने यो कार्य र व्यवहार पक्कै पनि वामपन्थी सरकारबाट जनताले राखेको आशा अहिले भर्ना अभियानमाको नाममा जति पनि काम भइरहेको छ त्यो सतही रूपमा छन् । 

   सामाजिक सञ्जाल र सञ्चार माध्यममा भर्ना अभियानकोे ट्रेन्ड हेर्दा फोटो राख्नकै लागि भएपनि अभिभावकत्व ग्रहण गर्ने नेताहरूको संख्या अझै केही बढ्ला जस्तो देखीन्छ ।  प्रचारका लागि विद्यार्थी स्कुल  छिराएर मात्रै हुन्छ ?  विद्यालयमा नियमित जाने वातावरण बनाउनु पर्छ कि पर्दैन ? भर्ना अभियानका नाममा यतिबिध्न खर्च गर्ने हाम्रा सरकारी निकायको चासो फिटिक्कै देखिंदैन् । दुई÷चार जना नेताले केही विद्यार्थीको अभिभावक बन्दैमा शिक्षाको लक्ष्य पूरा हुँदैन । सबै बालबालिकाको अभिभावकत्व लिई बालबालिकालाई नियमित जाने वातावरण मिलाउनुपर्छ । अहिले जति पनि काम भएका छन् सबै सतही भएको छ, दीर्घकालीन सोच रहेको देखिन्न ।

कम्तीमा सामुदायिक र निजी स्कुलका पाठ्यक्रम समान बनाएर होस् वा सबै सामुदायिक स्कुललाई गुस्तरिय पढाई हुने थलो बनाउने बितिक्कै यो कुनै अभियान नै चलाउनै पर्दैन । प्रश्न उठछ, कुन–कुन मन्त्री नेता र उच्च सरकारी अधिकारीहरूले आफ्ना छोराछोरी नातिनातिना सामुदायिक विद्यालयमा भर्ना गरे ? अनि हजारौको बलिदानीपूर्ण संघर्षबाट आएकाहरू जसले जनताको घर नबनेसम्म हाम्रा बन्ने छैनन् भनेर हिजो जनयुद्धमा समानाताको नारा भज्नेहरू लाखौँ बालबालिकाको भविष्य बनाउँछु भन्नेले आज एउटा बालबालिकाको अभीभाबक बन्न पाउँदा बडो गौरवान्वित भएका छन् । के हिजोकन दिनमा शिक्षामा क्रान्तीकारी छलाङ मार्ने भनेर दिएको आश्वासन झुट हो ? 

अर्कोतर्फ शिक्षा सुधारको नाममा कयौं सरकारी गैरसरकारी सस्थाहरू कार्यरत छन् । जसले भर्ना अभीयानको नाममा वर्षेनी सेमिनार र गोष्ठी गर्छन् । आफ्ना प्रगति विवरण सार्वजनिक गर्छन् । तर ती सबै प्रतिवेदनका ठेलीहरू चनाचटपट बेच्न बाहेक कुनै काममा आउँदैन ।  सेमिनार, विदेश भ्रमण र भत्ताका रकम गरिब विद्यार्थीलाई कलम र कापीमा लगानी गर्ने हो भने शिक्षामा प्रगति हुन्छ । देशले तत्काल गुणस्तरीय र सबैको पहुँचमा पुग्ने खालको  शिक्षा चाहेको छ । समयसापेक्ष र विश्वपरिवेश सुहाउँदो सर्वसुलभ वैज्ञानिक  शिक्षा प्राणाली  चाहेको छ । रेल, पानीजहाज र घरघरमा ग्यास पाइपको कुरा सोच्दै गरौंला  ।

प्रतिकृया दिनुहोस

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा

कस्ता कलेज रोज्ने ? 

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज

   राष्ट्रिय धान दिवस १५ असारमै किन

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको

  सिद्धान्तको लासमा टेकेर जन्मिएको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि