बालबालिका स्वार्थ पूरा गर्ने माध्यम होइनन्

वेदप्रकाश दवाडी/बलबालिका समाजका एक महत्वपूर्ण अङ्ग हुन । जस्लाई भविष्यको कर्णधार तथा देशको भावि खम्बाका रूपमा लिइन्छ । बालबालिकाबिनाको समाजको परिकल्पना गर्न पनि सकिदैन । बालबालिका समाजका अतिसंवेदनशील समूह हुन्, जस्को समयमै उचित पालनपोषण,संरक्षण, शिक्षा र संस्कार सिकाउन सकिएन भने उनीहरूको उज्वल भविष्यमा बाधा पर्छ । बालबालिकासँग उनीहरूको व्यक्तिगत भविष्यमात्र होईन सिङ्गो राष्ट्रको भविष्य हुन्छ । बालबालिकालाई समाजका एउटा कुशल र सिर्जनशील व्यक्तिको रूपमा समाजमा स्थापित गराउनु परिवार,समाज र हामी सबैको दायित्व हो ।

संयुक्त राष्ट्रसंघद्वारा १९८९ मा पारित बालाधिकार सम्बन्धी महासन्धिमा १८ बर्ष मुनिका सबैलाई बालबालिका मानेको छ । बालबालिकालाई राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा टाढा राखिनुपर्ने व्यवस्था गरेको छ । जस्को  नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । नेपालले बालाधिकार सम्वन्धी महासन्धिको अनुमोदन गरेपनि बालाधिकारको हनन्का घटनाहरू भने यत्रतत्र भएको देखिन्छ । राजनीतिक स्वार्थका लागि होस् या व्यक्तिगत स्वार्थको लागि हरेक क्षेत्रमा बालवालिका अरूको स्वार्थसिद्ध गर्ने माध्यम बनेका छन् ।

समाजमा व्यक्त पुरातनवादी सोच र अन्धविश्वासका कारण एउटी अवोध बालिकाको बाँच्न पाउने अधिकार कुण्ठित भएको देखिन्छ । बालिका कि त अपहरणमा पर्छे कि त जन्मेपपछि उचित संरक्षणको अभावमा मर्छे । खोइ त यहाँ बालबालिकाको संरक्षित हुन पाउने अधिकार ? कतिपय बालबालिका जन्मदै अनाथ जन्मन्छन्,कतिपय अवैध सम्बन्धका कारण नाजायज  हुन्छन्, कतिपय बालबालिकाले प्राकृतिक विपद , युद्ध तथा दुर्घटनामा आफ्ना बावुआमा गुमाउँछ्न । जहाँ उनीहरूको मायाममता पाउने अधिकार गुमेको हुन्छ । कतिपय बालबालिका गरिबीको कारण कुपोषणको सिकार भइरहेका छन् । त्यस्ता बालबालिकाको संरक्षण गरेर निर्वाध रूपमा उनीहरूको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु हाम्रो दायित्व होइन ? यदि दायित्व हो भने समाजमा किन सडक बालबालिका भेटिन्छन् ? 

कुपोषणका कारण वर्षेनी कयौं बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । हामी कहाँ राजनीतिक अस्थिरताले आरक्षण पाएको मुलुक हो, जहाँ सरकारको स्थायित्व भन्दा पार्टीको स्थायित्व प्यारो हुन्छ । नेपाल हिजो पनि विकसोन्मुख राष्ट्रको रूपमा चिनिन्थ्यो र आज पनि यथावत छ । हामी पनि विकसित देशको नागरिक भएर बाँच्ने दिन कहिले आउला ? 

बालबालिकाको लागि सरकारले वर्षेनी करोडौं रकम विनियोजन गर्छ । खोइ कहाँ जान्छ त त्यो रकम ? यदि सो रकम बालबालिकाको संरक्षण, विकास र शिक्षाको लागि हो भने सडक बालबालिका र निरपेक्ष गरिबीको शिकार बनीरहेका बालबालिकाहरूका लागि पनि  खर्च हुनुपर्ने होइन र ? सरकारले हरेक बालबालिकालाई आधारभुत शिक्षा निःशुल्क पाउने व्यवस्था गरेको छ । खोइ त गरिब, अपाङ्ग र सडक बालबालिका मैत्री शिक्षा ? कोरा किताबी ज्ञानले मात्र सडक बालबालिका, निम्न आयस्तर भएका बालबालिका र अपाङ्ग बालबालिकाले भोलिको दिनमा के को अपेक्षा गर्ने ? धनी परिवारका बालबालिका विश्वप्रख्यात निजी विद्यालयमा उच्च कडाइका साथ हरेक समय ज्ञान आर्जनमा व्यस्त भएको अवस्थामा गरिब बालबालिका भने आफ्नो परिवारको गर्जो टार्न दिनरात रगत, पसिना चुहाएर एउटा सरकारी विद्यालयमा उपस्थित हुन्छ । अनि दिनरात मेहनत गरेर उतिर्ण भएको सो विद्यार्थीसँग ९०.९५५ ल्याएको अर्को विद्यार्थी भिडाइन्छ । जागिर खोज्न जादा खोइ त यहाँ समतामूलक शिक्षा ? के सरकारले शिक्षित बेरोजगारी बनाउने लक्ष्य मात्र लिएको हो ? 

एउटा गरिब बालक १५ बर्ष नवित्दै परिवारको आर्थिक समस्याको कारण अर्काको गुलाम बन्न बाध्य हुन्छ, के यसो हुँदा बालश्रम शोषण हुँदैन ? यदि त्यहाँ बालश्रम शोषण हुन्छ भने खोइ त त्यो बालबालिकाको खुलेर जिउने अधिकार ? राज्यले संरक्षण गर्नुपर्ने होइन ? हाम्रो समाज एक्काइसौं शताब्दीमा आएर पनि बालबिवाह रोकिन सकेको छैन् । देउकीप्रथा, कुमारीप्रथा, छाउपडीप्रथा लगायत विभिन्न अन्धविश्वासहरूको कारण बालहिंसाका घटनाहरू हामी प्रत्यक्ष देख्न सक्छौं । 

बालबालिका देशका भावी खम्बा हुन् । उनीहरूलाई हामीले जस्तो शिक्षा, संस्कार र सभ्यता सिकाउँछौँ उनीहरूले पनि भोलि त्यस्तै व्यवहारमा उतार्छन् । परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, उचित स्यहार, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकास आदि बालवालिकाको अधिकार हो भने यस्लाई संरक्षण गर्नु हाम्रो दायित्व हो । बालबालिकालाई उनीहरूको मनसाय बुझेर स्वतन्त्रता प्रदान गर्न सक्नुपर्छ । बालबालिकालाई हामीले उनीहरूको मौलिक हक र अधिकारको संरक्षण गर्दै उचित संस्कार, सभ्यता र सीप सिकाउन सकेमा भविष्यमा मुलुक समृद्धितर्फ लम्कन्छ । बालबालिकालाई जातीय, लैङ्गिक, वर्ग र आर्थिक भेदभावबाट टाढा राखी हरेक बालबालिकालाई भविष्यमा रोजगारीको प्रत्याभूति गर्न सक्नु नै सरकारले वर्तमानमा अनिवार्य रूपमा गर्नैपर्ने कार्य हो । यदि बालबालिकालाई समान हक, अधिकार र अवसर दिलाउन सक्यौं भने मात्र हामीले बालबालिकाको अधिकार संरक्षण गर्न सक्छौं । अतः बालबालिका उनीहरू व्यक्तिगत भविष्य मात्र नभएर पूर्णरूपमा समग्र देशको भविष्यका कर्ण धार हुन् । यिनिहरूलाई कसैको स्वार्थ सिद्धको माध्यम होइन ।   

प्रतिकृया दिनुहोस

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा

कस्ता कलेज रोज्ने ? 

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज

   राष्ट्रिय धान दिवस १५ असारमै किन

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको

  सिद्धान्तको लासमा टेकेर जन्मिएको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि