सरकार ! धर्म परिवर्तन गराउनेको उठिबास हुन्छ ?

      

अभिषेक जोशी,

घटनाक्रमः

हिन्दु राष्ट्रका पक्षमा खरो वकालत गर्दै आएका धर्मगुरु श्रीनिवास आचार्यमाथि केहीदिन अघि विराटनगरस्थित रामजानकी मन्दिर परिसरमै अज्ञात व्यक्तिबाट गोली प्रहार भयो । गोली कस्ले किन चलायो भन्ने बारे अहिलेसम्म प्रहरीले वास्तविक तथ्य सार्वजनिक गरेको छैन ।

यसअघि काठमाडौँका केही हिन्दु धर्म गुरुहरूलाई पनि ज्यान मार्ने धम्की आएको थियो, मंगोल आर्मीबाट, चिठीमार्फत् । तब, ती धार्मिक गुरु तथा केही हिन्दुवादी संस्थाहरुले सुरक्षा माग गर्दै प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापनपत्र पेश गरेका थिए ।

गृहमन्त्री रामवहादुर थापा बादलले सोही ज्ञापनपत्रसँग मेल खाने अभिव्यक्ति दिँदै, मुलुकमा धार्मिक तथा जातीय द्वन्द्व पैदा गर्न केही व्यक्ति तथा संस्थाहरु सक्रिय रहेको खुलासा समेत गरेका थिए ।

र, यतिखेर सरकार राष्ट्रिय सदाचार नीति तयार पार्दैछ; धर्म परिवर्तन गराउन सक्रिय रहेका एनजिओ/आईएनजिओका क्रियाकलाप निस्तेज पार्न । भनिएको छ–अब नेपालमा कुनै आईएनजिओले धर्म परिवर्तन गराउँदैँ हिँडेको पाईए, त्यसको सम्बन्धन र दर्ता खारेज गरिनेछ । त्यसलाई सदाका लागि नेपालबाट विदा गरिनेछ ।

धर्म निरपेक्षता

आर्चाय श्री निवासमाथि भएको  गोलीकाण्डले मुलुकमा नयाँ द्वन्द्व उत्पन्न गराउन केही तत्वहरु सक्रिय रहेको शंका वढेको छ । ती तत्व विदेशीको ईसारामा नाचिरहेका छन् । युरोपियन यूनियनले नश्लवादी घृणा फैलाउने प्रतिवेदन सार्वजनिक गरेर नेपालमा द्वन्द्वको व्यापारलाई निरन्तरता दिन चाहेको प्रष्ट पारिसकेको छ । युरोपियन यूनियन जस्ता अन्य शक्तिसमूहहरु पनि नेपालमा सक्रिय छन्, जो नेपाललाई सधैं कुनै न कुनै हिंसात्मक द्वन्द्वमा फसाउने रणनीतिक स्वार्थ पूर्ति गर्न चाहन्छन् । बितेको दश वर्षमा नेपाली समाजले भोगेको धार्मिक अतिक्रमणको फल अब पाक्न थालेको छ । जहाँ कमजोरी भेट्यो, त्यहीनेर त्यस्तै खालको अतिक्रमणकारी योजनाहरु लागू गरिए । भाषा–भाषा, जात–जात, धर्म–धर्म, नश्ल–नश्ल, भूगोल–भूगोल; उपलब्ध हरेक अवसरलाई उनीहरुले आप्mनो हितका लागि प्रयोग गरे । नेपालमा संविधान लागू होस् र समाज स्थिर राजनीतिक अभ्यासतिर जाओस्; मुलुकमा शान्ति छाओस् भन्ने यिनीहरुको चाहना थिएन । र, छैन ।  

त्यसैले, अहिले जब मुलुकले बलियो सरकार पाएको छ; सबै नेपालीको बोलीमा र सपनामा आर्थिक विकास र समुन्नत समाज दौडिरहेको छ; उनीहरु नयाँ द्वन्द्वको बीऊ रोप्न खोजिरहेका छन् । बचेखुचेको कमजोर बिन्दुमा टेकेर त्यसलाई भविष्यको विकराल समस्याका रुपमा हुर्काउन सक्रिय छन् । यस्तो अवस्थामा, नेपाल सरकारले धर्म परिवर्तन विरुद्ध थालेको तयारीलाई मनन गरेर एउटा निष्कर्ष निकाल्न सकिन्छ,–राज्यले धर्म निरपेक्षताको नीति अँगाल्दा मुलुकमा नयाँ द्वन्द्वका लागि बीऊ रोपियो । फ्रान्सेली आन्दोलन अघि सायद नै विश्वको कुनै मुलुक धर्म निरपेक्ष थियो । र, फ्रान्सेली आन्दोलनका अनेक कारणमध्ये चर्चले मानव जीवनमा लादेको ज्यादती पनि एक थियो । निजी जीवनमा समेत धार्मिक हस्तक्षेप सहन नसकेरै फ्रान्सेली विद्वत वर्ग चर्च र ईसाई पन्थ विरूद्ध तिखो वैचारिक आन्दोलन भएको थियो ।

१५ औँ शताब्दीमा चर्चको अत्याचारले आकास छोईसकेको थियो; मजदूरहरुले चर्चका लागि सित्तैमा काम गरिदिनु पथ्र्याे; नागरिकहरुले चर्चलाई अनिवार्य कर तिर्नुपथ्र्याे; पादरीहरु स्वर्गको ठेक्का लिएर बसेका थिए र कर नतिर्नेहरुको आत्मालाई नर्कको आगोमा फालिदिने धम्की दिन्थे; बाईबल बिरोधी अभिव्यक्तिको सजाय मृत्युदण्ड थियो । तब धार्मिक अत्याचारबाट मुक्ति पाउन त्यस समाजले धर्म निरपेक्षतालाई उत्तम विकल्पको रुपमा देख्यो ।   त्यहाँको धार्मिक समाज र नेपालको धार्मिक समाजबीच आकाश जमिन फरक छ । धार्मिक समस्याहरु दुबैतिर भिन्न छन् । त्यसकारण, यताको धार्मिक समस्याको पनि अचूक औषधीको रुपमा हेरिएको धर्म निरपेक्षता विखका रुपमा उदायो । मानव अधिकार, महिला सशक्तिकरण, आदिवासी जनजाति उत्थान, दलित अधिकार आदि अनेक अनेक नाममा सयौँ आईएनजिओ यहि बेला नेपाल पसे । अधिकार र उत्थानको नाममा ईसाईकरणले तीव्रता पायो ।  

कम्युनिष्ट सरकार र धर्म

कम्युनिष्ट आन्दोलनको मुख्य भूमि रसिया समेत आज धर्मको सवालमा गम्भीर सचेत बनेको अवस्था छ । रसियन अर्थाेडक्स ईसाई त्यहाँको मुख्य धर्म समुदाय हो । यस समुदायको स्वार्थमाथि आँच आउने खालका गतिविधि रुस सरकारले गरेको पाईँदैन । बरु कम्युनिष्ट पार्टी र ईसाई पन्थलाई एकअर्काको पूरकका रुपमा व्याख्या गर्ने अभ्यास त्यहाँ सुरु भएको छ ।  

सन् २०११ मा रसियन अर्थाेडक्स ईसाई समुदायले भागवत गीतामाथि प्रतिबन्ध लगाउनुप¥यो भन्दै अदालतमा रिट हाल्यो । यस विषयले रुसी हिन्दु समाजसँगै भारतीय हिन्दुहरुको बीचमा पनि ठूलो खैलाबैला मच्चायो । दुई मुलुकबीच परराष्ट्रमन्त्री तहको छलफल भयो तर पनि, रुसी सरकार मौन रह्यो । बरु अघोषित रुपमा भागवत गीतामाथि प्रतिबन्ध लगाइ छाड्यो । पछि, अदालतले रिट खारेज गरेर भागवत गीतामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारलाई आदेश दिनु परेको थियो । यसरी नै कृष्ण मन्दिरले रसियन अर्थाेडक्स चर्चबाट अनेक अनेक किसिमका झमेलाहरु बेहोर्नु परेको थियो । यस विषयमा पनि रुसी सरकारले धर्म निरपेक्षताको नीति अँगालेन । कृष्ण मन्दिर बनाउनका लागि उपलब्ध गराएको जमिन पनि अर्थाेडक्स चर्चले विरोध गरेपछि फिर्ता लिँदै धर्म सापेक्षताको नीति अँगाल्यो ।   

हाम्रै छिमेकमा रहेको कम्युनिष्ट राष्ट्र चीन यतिखेर चर्च र धर्मप्रचारमाथि लगाम कस्न नयाँ नयाँ बहाना खोजीरहेको छ । संविधानतः चीन पनि रुस झैँ धर्मनिरपेक्ष राष्ट्र हो । तर, सि जिङ पिङ राष्ट्रपति हुनु अघि र भए पछिको धर्म निरपेक्ष चीनका आचरणहरु भिन्दाभिन्दै छन् । उनको उदय अघि चीनमा धार्मिक स्वतन्त्रताको अभ्यासलाई आईएनजिओको आडमा ईसाईकरणका लागि प्रयोग गरियो । सन् २०१० मा पियु रिसर्च सेन्टरले सार्वजनिक गरेको एउटा रिपोर्ट भन्छ–चीनमा धर्मान्तरणले यसरी नै निरन्तरता पाउने हो भने सन् २०५० सम्ममा यो विश्वकै धेरै ईसाई जनसंख्या भएको मुलुक बन्नेछ । सन् २०१६ अघि चीन पनि नेपाल झैँ द्रुत गतिमा ईसाईकरण भईरहेको मुलुक थियो । नेपालमा झैँ त्यहाँ पनि आईएनजिओहरु धार्मिक र राजनीतिक गतिविधिमा अत्यधिक सक्रिय थिए । राज्यले अनुगन र नियमन नगर्दा खुला साँढे झैँ स्वतन्त्र छाडिएका आईएनजिओहरुले कम्युनिष्ट पार्टीका सदस्यहरुलाई पनि राम्रैसँग भ्रष्ट बनाए । तिब्बत र हङकङमा चीन सरकार विरुध्द भएका प्रदर्शनहरुका लागि भीड पनि जुटाए । सुसमाचार पनि दिन दुगुनी र रात चौगुनी सुनाए ।

अहिले चीन सरकार चर्च, धर्मान्तरण तथा आईएनजिओ विरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेको छ । वितेका दुई वर्षमा हजारौँ अनधिकृत चर्चहरु तोडिएका छन् । जथाभावी राखिएका ईसाई पन्थका प्रतिकहरु हटाउन थालिएको छ । हङकङमा रहेको एउटा भव्य चर्च चीन सरकारले भत्काएपछि यसको तरङ्ग पश्चिमा मुलुकहरुसम्म पुग्यो । दर्ता नगरी जथाभावी खोलिएका चर्चहरु भत्काउँदा ईसाईहरु समुदाय विरोधमा उत्रियो । पश्चिमा ईसाई विद्वानहरुले यसलाई मानव अधिकार हननको रुपमा व्याख्या गरेपनि गैर कानुनी चर्चहरु भत्काउने काम रोकिएन । चीनियाँ समाजमा ईशाई आस्था बढ्नुलाई कम्युनिष्ट पार्टीको अस्तित्व विरुद्ध पश्चिमाहरुको हस्तक्षेपको रुपमा बुझिएको छ । भविष्यमा यसले कम्युनिष्ट पार्टीको अस्तित्वलाई चुनौती दिन सक्ने र पश्चिमा हस्तक्षेपलाई निम्त्याउने आशंका सरकारी तवरमा गरिन थालेको छ । यसरी दुई कम्युनिष्ट राष्ट्र आप्mनो मौलिकतातर्फ फर्किन थालिसकेको अवस्थामा, नेपालको वाम सरकार पनि मुलुकको धार्मिक तथा राजनीतिक स्वार्थ रक्षाका लागि कठोर कदमहरु चाल्न गृहकार्य गर्दछ भने यो निकै नै स्वागतयोग्य कदम हो । जसरी रसियन कम्युनिष्टहरु चर्च र पार्टीबीच एकता हुनुपर्दछ भनिरहेका छन्; नेपालका वामहरुले पनि सनातन धर्म र पार्टीबीच एकता हुनुपर्छ भनी बोल्नु पर्ने समय आईसकेको छ ।  

आईएनजिओ र ईसाईकरण

चीन झैँ भारतले पनि आईएनजिओ सम्बन्धी नयाँ कानुन लागू गरेको छ । यी दुबै मुलुकले लागु गरेका यी कानुनमा केहि समानता पनि भेटिन्छ । जस्तैः धार्मिक तथा राजनीतिक गतिविधि गर्न नपाउने; कार्य योजना तथा बजेट सरकारबाट स्वीकृत गराउन पर्ने; परियोजना भन्दा बाहिर गएर कुनै पनि काम गर्न नपाउने; राष्ट्रिय सुरक्षा र सद्भावमा खलल पु¥याउने खालका कामहरु गर्न नपाईने आदि । नेपाल सरकारले बनाउन आँटेको राष्ट्रिय सदाचार नीतिमा पनि यी बूँदाहरु परेका छन् । तीनवटै मुलुकले आईएनजिओका गतिविधिहरुमाथि अंकुश लगाउनका लागि ल्याएका नीति; तीनवटै मुलुकले आईएनजिओका कारण भोग्नु परेको धार्मिक अतिक्रमण र त्यसले समाजमा पार्दै गएको असरका दुई साझा मुख्य कारण छन्– भ्रष्टाचार र राष्ट्रिय सुरक्षा चुनौती । राष्ट्रिय सुरक्षा चुनौती बढेको कारण पाकिस्तानले गत वर्ष २९ वटा आईएनजिओका लाईसेन्स रद्द ग¥यो । भनाईको तात्पर्य, आईएनजिओका गतिविधि धर्म परिवर्तनमा मात्रै सीमित छैनन्; यिनीहरुकै कारण मुलुकहरुमा भ्रष्टाचार मौलाएको छ; मुलुकको शान्ति सुरक्षामा खलल पुग्ने खालका गतिविधिहरु पनि भएका छन् ।

आईएनजिओहरु विदेशीका जासुसी केन्द्र हुन् भनेर आरोप लगाउने प्रशस्त ठाउँहरु छन् । पाकिस्तानले सेभ द चिल्ड्रेनमाथि अमेरिकाका लागि जासुसी गर्ने गरेको आरोप लगाएको छ । आईएनजिओहरु यदि साँच्चिकै कुनै पनि समाज वा मुलुकको विकासमा हातेमालो गर्ने पवित्र उद्देश्य लिएर सक्रिय रहेका छन् भने सरकारी नियमकानुन अनुसार चल्न उनीहरु आनाकानी मान्दैनन् । भारत र चीनले वर्तमानमा लागु गरेको नीतिनियम अन्तर्गत रहेर काम गर्ने जाँगर निकै कम आईएनजिओहरुले देखाएका छन् । जबकि यस अघि हजारौँको संख्यामा त्यहाँ आईएनजिओहरु सक्रिय थिए । जब कानुनी दायराभित्र बसेर काम गर्नुपर्ने अवस्था आयो उनीहरु चुपचाप आप्ना झोलाझिम्टी बोकेर बाहिरिए ।  

यी सबै तथ्यहरुले के देखाउँछन् भने, युरोप र अमेरिकादि पश्चिमा मुलुकको अनुदानमा चलेका अधिकांश आईएनजिओहरु राष्ट्रिय सुरक्षा र सद्भावका लागि खतरा बनेका छन् । नेपालमा पनि चर्च निर्माण गर्न, बाईबल स्कुल खोल्न, सुसमाचार प्रचार गर्न तथा पादरीहरुलाई बाईबल तालिम दिनका लागि सक्रिय रहेका आईएनजिओहरु राष्ट्रिय सदाचार नीति लागू भएसँगै झोलाझिम्टी बोकेर बाहिरिने छन् नै । साथै, जासुसी गर्ने उद्देश्यले नेपाल छिरेका आईएनजिओहरु पनि कुनै न कुनै बहाना गरेर फुचक्कर हुनेछन् ।

अन्त्यमा, हरेक मुलुकको आप्mनो धर्म छ । आप्नो मर्यादा छ । जबसम्म मुलुकको धर्म र मर्यादा संरक्षित छ; मुलुक पनि संरक्षित छ; मर्यादित छ । ‘धर्माे रक्षति रक्षितः’ यसैकारण भनिएको हो । यहाँनेर, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ‘सबैले आप्mना आप्ना कुलधर्म नछाड्नु’ भनी दिएको उपदेशको गहिराईलाई हामीले भुल्नु हुँदैन ।  

 

प्रतिकृया दिनुहोस

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा

कस्ता कलेज रोज्ने ? 

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज

   राष्ट्रिय धान दिवस १५ असारमै किन

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको

  सिद्धान्तको लासमा टेकेर जन्मिएको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि