वाम एकता अपरिहार्य

सरस्वती पाण्डे 'सरस'/स्थानीय निकाय अघिदेखि नै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकीकरणको कुरा चलेको छ । तर स्थानीय, प्रदेश र केन्दीय संसद्को निवार्चन सकेर मुलुकले बहुमतको सरकार पाइरहँदा पनि पार्टी एकताले सार्थक रूप लिन सकेको छैन् । यस विषय राजनीतिक वृत्तमा चर्को बहस र छलफल भएको देखिन्छ ।

९ वैशाख आइतबार गर्ने भनिएको पार्टी एकता हुनको मिति पनि ट¥यो । आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्टहरूले मान्ने गुरु अर्थात्  लेनिन जयन्ती प¥यो । करिब एक महिना अघि यसै दिन दुई पार्टीबिच एकीकरण गर्ने भनेर मिति तोकिएको थियो । सञ्चारमाध्यममा जनाइए अनुसार आइतबार राष्ट्रियसभा गृहमा दुई पार्टीका शीर्षस्त नेताहरूले सम्बोधन गर्ने कार्यक्रममा ब्यानरको विषयलाई लिएर तनाब भयो । तनाब हुनुको कारण थियो–ब्यानरमा लेलिनको फोटो नहुनु । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र  तस्बिर थियो । केपी ओली र प्रचण्डका ठूला तस्बिर पनि थियो ।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्बिर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले एमालेविरुद्ध चर्को नाराबाजी गरे । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, ए‌ंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर राख्ने गरेको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । तर लगत्तै ओली र प्रचण्डले गल्ती स्वीकारेका थिए । गल्ती स्वीकार्नु नैतिकता भए पनि माओवादीको हकमा भने त्यो जानाजान नेतृत्वले गल्ती गरेकै होकी भन्ने पंक्तिकारलाई लाग्छ ।

जब एमालेमा माओवादी एकीकरण भएर जान चाह्यो तब माओवादीभित्र माओवादको कुरा हुन छाड्यो । माओवादी केन्द्रभित्र पार्टी एकताको कुरालाई लिएर असन्तुष्टि जनाउनेहरू पनि छन् । तर, उनीहरूको आवाज नेतृत्वले सुन्नै छाड्यो । विचारलाई निषेध गरेको देखिन्छ । नेतृत्वले लेनिनवाद छाडेपनि कार्यकर्ताले छाडेका छैनन् भन्ने सभागृहमा ब्यानर विवादमा माओवादी कार्यकर्ताले उठाएको आवाजबाटै प्रष्ट हुन्छ । तर, जेहोस् पार्टी एकता चैं हुनुपर्छ ।

पार्टी एकता नै गर्ने भनेर जनतालाई माओवादी तथा एमालेका नेता कार्यकर्ताले भोट मागेर बहुमत ल्याएका हुन् । कुनै पनि किसिमबाट जनतालाई झुक्याउन पाइन्न । यी विषयमा सहमति जुट्न नसकेको अवस्था छ । निर्वाचन चिन्ह, माओवादी केन्द्रकै शब्दमा जनयुद्ध शब्द राख्ने कि नराख्ने, नेताहरूको पदीय व्यवस्थापन लगायत मुख्य विवादित विषयमा सहमति जुट्न सकेको छैन् ।  दुई दलबीच एकीकृत पार्टीका विभिन्न तहमा कुन अनुपातमा समिति बनाउने भन्ने विषयमा समेत सहमति हुन सकेको छैन् । यस्ता विषयमा गम्भीर रूपमा छलफल गरेर सहमति खोजिनुपर्छ । बरू ढिलोगरी पार्टी एकता होस् । पार्टी एकीकरण भइसकेपछि कुनै विवाद आउनुहुन्न । अहिलेको परिवेशमा वाम एकता अपरिहार्य छ । कुनै पनि हालतमा पार्टी एकता गरेर अघि बढ्नु हितकारी हुनेछ । दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी एकता विपरित अभिव्यक्ति दिंदै हिंडेको देखिन्छ । त्यसो गर्नु पार्टीनीति विपरित हो ।

वाम गठबन्धनबाट बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनता धेरै आशावादी छन् । सनताले मुलुकले बल्ल बलियो सरकार पाएको छ भनेका छन् । अब मुलुकमा शान्ति र स्थायित्व, समृद्धि र विकासले गति लिनेमा जनता ढुक्क छन् । यस किसिमको जनताको आशालाई निराश बनाउनु हुँदैन ।  आर्थिक विकास र समृद्धिको नयाँ सुरु आजैबाट गरौं । 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला