शुल्क घटाउने नाममा विद्यार्थी नेताको ‘वार्गेनिङ’ 

दिनेश भुर्तेल/नयाँ वर्षसँगै विद्यालय शिक्षाको शैक्षिक शत्र फेरिन्छ । वर्षेनी नयाँ शैक्षिक शत्र सुरु भएपछि निजी विद्यालयको शुल्क वृद्धिको ‘इस्यु’ ले बजार तताउँछ । यससँगै अभिभावकको रुवाबासी सुरु हुने गर्छ । निजी विद्यालयले मनोमानी उठाउने शुल्कका कारण १/२ महिना मिडियादेखि विभिन्न मन्चका वक्ताले विद्यालय सञ्चालकमाथि ‘धारे हात’ लगाउँछन् । फेरि, जति नै चर्को शुल्क लिएपनि छोराछोरी निजीमै पढाउँछन् । यसबारे अलग्गै बहस हुन्छ । यस आलेखमा निजी विद्यालयले शुल्क वढाएको नाममा ‘कवच’ बन्न खोज्ने विद्यार्थी संगठनका नेताहरूको वास्तविकताबारे केही तथ्य केलाउनु सान्र्दभिक हुनेछ । 

वास्तवमा वर्षेनी निजी विद्यालयमा हुने शुल्क वृद्धिले अभिभावकको ढाड सेकेको छ । त्यसमा कुनै विमती छैन् । त्यतिमात्र होइन उही विद्यालयमा पढ्दा पनि भर्ना शुल्क लिने, स्टेशनरी लगायत ड्रेस विद्यालयले नै उपलब्ध गराएर महँगो रकम असुल्ने निजी विद्यालय सञ्चालक राज्यभन्दा माथि देखिन्छन् । अहिलेको बलियो भनिएको सरकारले चाहेमा के सरकारले शुल्क व्यवस्थापन गर्न सक्दैन् ? पक्कै पनि सक्छ । तर, खोट राज्य सञ्चालकको नियतमा छ, खोट हामी अभिभावकको शुल्क फिर्ता गराउँछौ भन्दै हिड्ने शिक्षाका माफियाहरुको छ । र, त्यसको साक्षी बस्दै आएका छन् विभिन्न विद्यार्थी संगठनका नेताहरू । सार्वजनिक मञ्चमा शुल्कविरुद्ध चर्को स्वरमा कराउने विद्यार्थी संगठनका नेताहरूका ‘अन्नदाता’ नै निजी विद्यालयका सञ्चालकहरू हुन् ।

शुल्क वृद्धिबारे आन्दोलनको घोषणा पनि गरिन्छ । तर, त्यो केही दिनपछि त्यतिकै तुहिन्छ । त्यसबाट पनि स्पष्ट हुन्छ कि मुद्दा सल्टेकै हुँदैन आन्दोलन सकिन्छ । विगतका थुप्रै आन्दोलनहरूले पनि यो पुष्टि गरिदिएको छ । नत्र गत वर्षेनी  निजी विद्यालयको चर्को शूल्क वृद्धिको विरुद्धमा विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन गर्दै आएका हुन् ।  आन्दोलन फगत देखाउने क्रान्तिकारिता मात्र भएको छ,आज के देखिन्छ भने  निजी विद्यालय सञ्चालकलाई विद्यार्थी नेताहरूले बार्गेनिङ गर्ने शक्ति बढाएका हुन् । उनीहरूको छोराछोरीलार्इ निःशुल्क पढाउन थप सहयोग गर्छ यो आन्दोलनले । 

विद्यार्थी संगठनका नेताहरूको आर्थिक स्रोत के हो ? 

३ लाखको बाईक चढ्ने र त्यसमा हाल्ने तेलको स्रोत के हो ? काठमाडौँमा फ्ल्याट  लिएर बस्ने खर्च बिद्यार्थी नेताहरूलाई कहाँबाट जुट्छ ? जागिर गरेर त काठमाडौँमा हातमुख जोर्न धौ–धौ परेको अवस्थामा होलटाइमर कार्यकर्ताको खर्च कसरी टर्छ ? कुनै पनि पार्टीले कार्यकर्तालाई तलब तोकेको छ छैन् । त्यसकारण आन्दोलन सार्थक बनाउन पहिला आफ्नो स्वार्थ त्याग्न जरुरी छ । हो,  युवा विद्यार्थी परिवर्तनका वाहक हुन् । संगठनले चाहेमा परिवर्तन संम्भव छ, तर त्यसमा स्वार्थ छिपेको छ, यसले आन्दोलनलाई कमजोर बनाउँछ । आन्दोलन नै गरेर निजी बिद्यालयको शुल्क घटाउने हो भने उनीहरूले विलासी जिन्दगी जिउनै पाउँदैनन् । मैले अहिलेसम्म झुक्किएर बाहेक आफ्नै खुट्टामा कसैले बन्चरो हानेको देखेको छैन् । यसपटकको आन्दोलन झुक्किएर आफ्नै खुट्टामा हानेको बन्चरो जस्तै भयो भने मात्र हो नत्र आन्दोलन तुहिन्छ ।

 

(भूर्तेल नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य हुन्)

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला