फर्केर हेर्दा २०७४

सरस्वती पाण्डे ‘सरस’/२०७४ लाई विदाई गर्दै हामीले नयाँ वर्ष २०७५ लाई स्वागत गरिसको छौं । ०७४ सालमा अन्य वर्षका तुलनामा केही उल्लेखनीय कार्य भए । आर्थिक, सामाजि, खेलकूद, राजनीतिक आदि समाजका हरेक पक्षमा प्रशंसनीय कार्य भएको पाइन्छ । खेलकूदमा क्रिकेटले प्रगती ग¥यो । त्यस्तै राजीतिमा पनि नयाँ संविधानको कार्यन्वयनको प्रमुखद्वारा खुला भएर अगाडि बढ्यो । जस्तो कि स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भयो । मुलुकले नयाँ राष्ट्रपति, नयाँ उपराष्ट्र र बहुमत प्राप्त बलियो सरकार पायो । नेपालमा संघीयताको पहिलोपटक अभ्यास गरिदैं गर्दा प्रदेश र स्थानीय सरकारले इमान्दारिपूर्वक कार्य सम्पादन गरे जनताले राहत पाउँछन् । यस सरकारको कार्यलाई केन्द्र सरकारले निगरानीम राख्नुपर्छ ।

त्यसैगरी ०७४ सालमा राजनीतिमा अर्को फड्को भनेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता पनि हो । वैशाख ९ गते पार्टी एकता गर्ने भनिएपनि यो लभिङ भने ०७४ सालकै उपज हो । यसले राजनीतिमा केही सकारात्म सन्देश दिएको देखिन्छ । राजनीतिमा  आएका अन्य उचार–चढाप त छँदै छ तै पनि केही सकारात्मक कार्यले गर्दा जनतामा एक किसिमको ऊर्जा, आशा भने जगाएको हो । हाम्रा राजनीतिक दलहरूले आर्थिक मुद्दामा जोड दिएका छन् । आर्थिक–सामाजकि रूपान्तरणमा आर्थिक एजेण्डा महत्वपूर्ण छ । यसलाई नारामा सीमित नगराई दृढ संकल्प कार्यान्वय तहमा भएका दलहरूले कार्यान्वयन गर्ने हो भने पक्कै विकास हुन्छ ।

त्यसैगरी २०७४ निर्वाचनले नेपाली काँग्रेस जस्तो पार्टीलाई निर्वाचनले नराम्रो हार चखायो । पार्टीका वरिष्ठ नेताहरूले हार्नुले पनि काँग्रेसप्रतिको जनविश्वास गुम्दै गएको पाइन्छ । नेतृत्वका कारण पार्टीले नराम्रो पराजय भोगेको काँग्रेसका अन्य नेताहरूको दाबी छ । त्यस्तै ०७४ सालमा मुलुकले केही महत्वपूर्ण व्यक्तिहरू गुमायो । साहित्य, राजनीति, कलाका व्यक्ति गुमायो । साहित्यकार मनु वाज्राकी, साहित्यकार इन्द्रबहादुर राई, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल जस्ता व्यक्तिहरूको निधनले मुलुक तथा परिवारमा गहिरो चोट पु¥यायो ।

सामाजिक घटनाका रूपमा कैलालीको घोडाघोडी नगरपालीकाको स्थानिय राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत देउकालीयाकी २० वर्षिया राधा चौधरीमाथि त्यस नगरपालीकाको सयौँ स्थानीयवासीको उपस्थितिमा बोक्सीको आरोप लगाई अमानविय र क्रुरढंगबाट निर्घातरूपमा मरणासन्न हुने गरी लगातार ६/७ घण्टासम्म कुटपिट गर्नुले सबैलाई दुःखित् तुल्यायो । समाजमा यस किसिमको चेतना ज्युँदै छ । यस किसिमको घटनाले सिङ्गो देशको सामाजिक अवस्थाको चित्रण गर्दछ ।

त्यस्तै जहाज दुर्घटनाको इतिहासमा सबैभन्दा बढी मान्छेहरूको मृत्यु एयर वङ्गलाको विमान दुर्घटनानामा परेर भए । यो निकै दुःखद् दुर्घटना थियो । अब यस्तो कुहिल्यै सुन्न नपरोस् । राम्रा तथा नराम्रा थुप्रै परिवर्तनहरू ०७४ सालमा भएका छन् । पंक्तिकारलाई मुख्य लागेका घटनाहरू यस टिप्पणीमा समेट्ने कोसिस गरियो । २०७५ साल मा नराम्रा कुनै पनि घटना नघटोस् । मुलुकलाई सही मार्गमा डो¥याउन राजनीति सच्चीनुपर्छ । राजनीति स्थिर भएमात्रै विकासले पनि गति लिन्छ । नव २०७५ को सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । 

 

 

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला