गाई काण्ड : उपसभामुख तामाङलाई फसाउने प्रपञ्च

सरस्वती पाण्डे 'सरस'/सामाजिक सञ्जाल र मिडियामा गाई काण्डको समाचार देख्दा केही लेख्न मन लाग्यो । उपसभामुख राधिका तामाङले गाईको मासु खान पाउनुपर्छ भन्ने समाचारले एकाएक हंगामा मच्चायो । उपसभामुखले भने गाई काटेर खानुपर्छ भन्ने भनाई नभनेको बताएकी छन् । उनले समाचारको खण्डन समेत गरेकी छन् । उनलाई कसैले पछाडिकबाट उचालेको जस्तो देखिन्छ । प्रायोजित रूपमा यस किसिमका कुराहरू यत्रतत्र रूपमा आएका छन् । मलाई के लाग्छ भने उनको चरित्र हत्या गरिएको छ । उच्च पदस्थमा पुगिसकेको व्यक्तिको मान मर्यादाको ख्याल नगरी प्रमाणविना समाचार लेख्नु कहाँसम्म जायज हो ? चरित्रहत्या गर्नेलाई छानविन गरेर कडा कारबाही गर्नुपर्छ । 

जनसंख्याको हिसाबले पुरुषभन्दा महिला अगाडि छन् तर पदिय हिसाबले जताततै  पुरुष  नै अगाडि छन् । अनेक संघर्ष गरेर एउटा सम्मानित पदमा पुगिसकेकी महिलालाई अनेक प्रपञ्च रचेर खुट्टातान्न खोज्नु यो सम्पूर्ण महिलामथिको अन्याय र अत्याचार हो । महिलालाई अगाडि बढ्न सहयोग गर्नुको सट्टा खुट्टा तान्ने प्रवृत्तिले महिलालाई न्याय हुँदैन । 

नेपाल एक बहुधार्मिक मुलुक भएको हुँदा यहाँ सबै समान छन् । त्यसो त हिन्दु बाहुल्य मुलुकमा गाई काट्नुपर्छ भन्ने कुरा जहाँबाट प्रायोजित रूपमा आएको छ त्यो घातक छ । सबै जात, जाति, भाषा, धर्म, संस्कृति एक आपसमा मिलेर बसेको मुलुकमा द्वन्द्व गराउन खोज्नु यो निन्दनिय छ । हामी अब कुनै पनि किसिमको द्वन्द्व चाहन्नौं । 

त्यस्तै नयाँ सरकारसँगै नयाँ कार्यको थालनी हुनुपर्ने समयमा मुलुकमा धार्मिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने किसिमका कुरा आउनु दुःखद् छ । हेर्दा सामान्य जस्तो लाग्ने यस्तमा कुराहरूले मुलुकको विकास पछाडि धकेलिएको छ । कोही कसैले पनि एकअर्काका धर्म, संस्कृतीमा आँच आउने खालका अभिव्यक्ति दिनुहुँदैन् । नेता तथा जनप्रतिनिधिले बोल्दा निकै सोच विचार पु¥यानु पर्छ ।   

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला