गाई काण्ड : धार्मिक द्वन्द्वको बिजारोपण

 

के आर पाण्डुलिपि/अहिले एक विषयले व्यापक चर्चा पाएको छ, विषय हो– गाई काटेर खानुपर्छ । जताततै यसको चार्को बहस चलेको देखिन्छ ।  यस विषयको  कोही पक्षमा त कोही विपक्षमा आफ्ना मत राखेको देखिन्छ । केही भने यी दुबैभन्दा माथि उठेर बोलेको पनि देखिन्छ ।  

धर्मनिरपेक्ष भएको देशमा गाईलाई राष्ट्रिय जनावर नमान्ने तर्क गर्ने एक जमात छ । यसरी हेर्दा नेपालको परिप्रेक्ष्यमा  करिब ८० प्रतिशात दिन्दुधर्मावलम्बी छन् । स्मरण रहोस्– ८० प्रतिशतभित्र ब्राह्मण, क्षेत्री र जनजातिहरू सबै छन् । यसको अर्थ गाई काट्न र मासु खान चाहाने राई, लिम्बू तामाङ वा जो गाई काट्ने पक्षमा छन् उनीहरू हिन्दु हुनै सक्दैनन् । अब धर्मको बिषयमा लड्नु पर्ने कारण देखिदैन ।

कुरा आउँछ–संस्कार र जातको संस्कारले गर्दा फरक मत देख्न सकिन्छ । राई, लिम्बू, भोटे वा अन्य कुनै नेतृत्वको संस्कारमा गाईको मासु अनिवार्य छ भने त्यो कुरालाई पनि मध्य नजर गरिनुपर्छ । मेरा एक राई साथीका अनुसार उनीहरू खसी/बाख्राको मासु खाँदैनन् । तर ब्राह्मण, क्षेत्रीहरू खान्छन् । केही जनजाति पनि खान्छन् । यसको अर्थ संस्कार बाजिएको मात्र हो । समय अनुसार परिवर्तन आवश्यक छ । परिवर्तनको नाउँमा सनातन धर्म संस्कृतिम बस्न पटक्कै मास्न पाइँदैन । मूल्यमान्यता नहुँदो हो त कस्तो होला समाज ? कुरा आउँछ सनातन धर्मको अर्थ के हो ? कि हामीले यो पनि बुझेका छैनौ ? धर्म संस्कृतिको महत्व नबुझेकाले बाह्य शक्तिको उक्साहटमा धार्मिक द्वन्द्व निम्त्याउन खोजेको जस्तो देखिन्छ । 

फुटाउ र राज गरको नीति लिएर नेतृत्वमा पुगेका नालायकहरूले अनेक प्रकारका हड्डी फालेकै भरमा हामी किन हड्डीको पछि लागेका छौं ? गाई काट्ने कुरा धर्ममाथि प्रहार गरेर सनातन धर्म तथा देशलाई कम्जोर बनाइनु हो । कमजोर बनाएर राज गर्न चाहेको कुरा हामीले बुझ्न ढिलो गरेका छौं । गाई हाम्रो राष्ट्रि जनावर हो  । यसमाथिको प्रहार राष्ट्रमाथि प्रहार हो । गाईलाई हिन्दु धर्ममा भगवानको रूपमा पूजिन्छ ।  

जसरी राष्ट्रपतिको सपथ ग्रहणलाई हिलो छ्यापी राष्ट्र र सेनालाई हिलो छ्याप्ने काम भएको छ त्यसैगरी पूर्व प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको माध्यामबाट न्यायालयमा प्रहार गरी जनताबाट न्यायलय प्रतिको विश्वास खोस्ने प्रयास गरियो । र, त्यसरी नै गाईलाई  माध्याम बनाई धर्म र राष्ट्रमाथि प्रहार भएको अनुभूत पंक्तिकारलाई भएको छ ।

डलर खाएर उनीहरूका एजेन्डा बोक्ने व्यक्तिहरू हाम्रै आगाडि छन् जसरी भेडाको छाला ओडेर ब्वासो भेडाको बथान छिरेको थियो । तसर्थ, हामी एक स्वतन्त्र देशका नागरिक हौं । जातिय तथा धार्मिक जातिय द्वन्द्व निम्ताउने खालका कुरालाई बहिस्कार गरौं । र,एक असल नागरिक बनौं । यदि हामीले यसो गर्न सकेनौैं भने भोलिको अवस्था झन भयानक हुनेछ । देशमा धार्मिक सहिष्णुता कायम राख्न सबैको साथ र सहयोगको खाँचो छ । 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला