नारी दिवसको सार्थकता

नारी दिवसको सार्थकता

सरस्वती पाण्डे/ नारी दिवसको दिन सामाजिक सञ्जाल, मिडियामा नारीको प्रशंसा र महत्वका कुरा भए ।  यस्ता कुराले भरिभराऊ भए । जसमा पुरुषले ज्यादा प्रशंसा गरेको देखियो । पढेकी श्रीमतीले जागिर खान खोज्दा हुन्न भनेर बाहिर निस्किन नदिने पुरुषले पनि नारीको गुणगान गाएको देख्दा खुसी लाग्यो । व्यवहारमा नारीको सम्मान नगरेर उनीहरूलाई घरभित्रकै कसिङ्गरसँग खेल्न लगाएकाले एक दिन भएपनि शब्दमै नारीको सम्मान गरे ।  

नारीहरू पनि आज पुरुष सरह अगाडि बढिरहेका छन् । तर परिवार, समाज र राष्ट्रको सहयोग पाएर नै पूर्ण रूपमा स्वतन्त्र भएर अगाडि बढ्न सफल भएका हुन त ? एउटी नारी घरबाट निस्केर समयमा घर नपुग्दा उसलाई हेर्ने नजर भने फरक हुन्छ । दैलो पार गरेर पुरुष बाहिरिन्छ र आधा रातमा फर्कन्छ भने कसैले एक शब्द बोल्दैनन् । तर नारीलाई किन फरक नजरले हेरिन्छ ? सँगै स्कूल पढ्ने केटा र केटीमा केटाले चुरोट र रक्सी खाँदा ए ! त्यसको छोरा त निकै ठूलो भएछ है, सबै खान थालेछ सम्म भन्छन् । तर त्यही केटीले खाँदा के जमाना आयो हरे ! भगवान यस्तो नि देख्न प¥यो, फलानाकी छोरी खत्तम भइछे, बाटो –बाटोमा खाँदै हिँड्दिरैछे भन्न पछि पर्दैनन् । यहाँ समानता खोई ? रामले खाएको कुरा सीताले खाँदा के हुन्छ ? खाने कुराबाट नै नारी र पुरुषलाइ विभेद गरिएको छ भने अरु के कुरामा समानता होला र !   

त्यस्तै आज पुरुष पुग्ने ठाउँमा महिला पनि पुगेका छन् । तर कुनै पनि नारीलाई जहाँ पुगे पनि सुरक्षा छैन् । दिनदिनै नारी कसैको ओछ्यान भएकी हुन्छे, कसैको नोकर भएकी हुन्छे, कसैको भान्छे भएकी हुन्छे, नारी जे भएकी हुन्छे त्यो सबै उस्को इच्छाभन्दा विपरित भएकी हुन्छे । किनकी उसलाई सबैलाई खुसी पार्ने ठेक्का दिएको हुन्छ । प्रायः नारी मात्र किन बलात्कारको सिकार भएकी हुन्छे ? नारीमा पनि आवेग र संवेग हुन्छ । पुरुषमा पनि हुन्छ ।  नारीले चाहिँ उस्को आवेगलाई नियन्त्रणमा राख्न सक्छे भने पुरुषले किन सक्दैन ? नारीको प्रसङ्गबाट उठेका यी प्रश्नको जवाफ दिनेहरू धेरै हुन्छन् तर सकारात्मक रूपमा हैन कि नकारत्मक रूपमा दिने धेरै हुन्छन् । मैले महिलामात्र राम्रो भनिरहँदा धेरैलाई रिस उठ्न सक्छ । सबै पुरुषहरू नकारात्मक छन् भन्ने पनि होइनन् ।

नारी अगाडि बढ्ने सहयोग पनि पुरुषबाटै हुन्छ । नारी र पुरुषबिचको सम्बन्ध नङ र मासुको जस्तो छ । नारी र पुरुषको यो रंगिन संसारलाई हामी सबै मिलेर सार्थक बनाऔं । राम्रो काम गर्नेलाइ सहयोग गर्ने गरौं र नराम्रो काम गर्नेलाई सबै मिलेर सजाय दिने गरौं । म धन्यवाद दिन चाहन्छु ती पुरुषहरूलाई ।  जसले आफ्नो परिवारलाई अगाडि बढ्न हौसला दिएका छन् । गाँस कटाएर छोरा र छोरीलाई बराबर हक दिएका छन् ।  अन्त्यमा, एउटा नारीले परिवार, समाज र राष्ट्रलाई सिंगार्न हरपल लागिरहेकी हुन्छे । घरबाट निस्किएर केहि गर्न खोज्ने नारीलाई घरबाटै सबैले सहयोग गरौं । नारी दिवस मनाउन ८ मार्च कुरेर गुणगान गाउनेहरूले नारीले गरेका सफलताका गरेका कामलाई प्रोत्साहन गरेर सहयोग गर्नु नै राम्रो हुन्छ । 

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला