अपराध न्युनीकरणको प्रयास

 

 

सरस्वती पाण्डे ‘सरस’

रुपन्देहीको देवदहमा गुण्डा नाइके मनोज पुन मारिएपछि यसको सर्वत्र चासो भएको छ । यसले अपराध न्युनिकरणमा सहयोग पु¥याएको छ भन्ने तर्कहरू पनि गरिएका छन् । संविधानको मौलिक हकमा रहेको स्वतन्त्रताको हकलाई धेरै स्वतन्त्र बनाएर जताततै आफ्नो आधिपत्य जमाउँदै धेरै मानिसलाई डर र त्रासमा  राखेर जबर्जस्ती पैसा असुल्ने, ज्यान मार्ने धम्की दिने, हत्या गर्ने जस्ता अमानवीय क्रियाकलाप गर्दै करोडौँ रूपैयाँ असुल्न सफल भएका गुण्डाको नामबाट सर्बत्र चिनिएका पुनको जीवनमा पूर्ण विराम लाग्यो । अरूलाई दुःख दिने मान्छे आफैं सकिन्छ भन्ने लोकोक्ति मिलेको छ । व्यवसायी शरद गौचन, बसन्त पौडेल, दुर्गा तिवारी लगायतका मानिसहरूको हत्यामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेपछि पछिल्लो समयमा एक नम्बर गुण्डाको रूपमा पुन थिए । प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरेको थियो । नेपालमा आफू सुरक्षित नहुने ठानेर भारतमा लुकेर आफ्नो गुण्डागर्दी जस्ता अराजक कार्यलाई निरन्तरता दिँदै आइरहेका पुन नेपाल आएको सूचना पाएपछि  केन्द्रिय अनुसन्धान व्युरो सिआइबीको इन्काउन्टर गरेको थियो । बुटवल ,पोखरा लगायत विभिन्न ठाउँमा व्यापारीहरूलाई धम्क्याएर करोडौं पैसा कुम्ल्याउने पुनले आफ्नो जीवन सफल बनाउन सकेनन् । चरी, घैँटे जस्ता गुण्डाका नाइकेहरू आफ्नै अगाडि मारिएका थाहा पाउँदा पाउँदै पुनले आफूलाई त्यो अवस्थामा पुग्छु भनेर सोच विचार नगरी हिँड्नाले आफ्नो अस्तित्वलाई तितो बनाएर मेटाउन पुगे । देशमा रहेका जनताका सुरक्षामा खटिएका प्रहरीहरूले आफ्नो काम र कर्तव्यलाई सिरोपर गरेर यसैगरी देशमा अराजक किसिमका गतिविधी गर्ने, सर्वसाधारणलाई आफ्नो सिधा बाटोमा हिंड्न नदिने, चोर्ने, लुट्ने, बलत्कार गर्ने देशको इज्जत, मान र प्रतिष्ठामा दाग लगाउने जस्ता कामगर्नेहरूलाई कानुनको दायरामा ल्याएर उनिहरूको निच र निन्दनीय कार्यलाई जरैदेखी उखेल्नु पर्दछ ।

 

   

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला