माओवादीको नौलो आत्मसमर्पण !

केदारनाथ नेपाल 'निश्चल'/गत असोज १७ गते एमालेको नेतृत्वमा वाम गठबन्धनको घोषणासँगै त्यसले राजनीतिक वजारलाई तताएको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै एकता हुने भनिए पनि लामो समयसम्म एकता नभएको कारण कतिपय एमाले ( माओवादी कार्यकर्तामा एकता हुने–नहुने अन्यौलता कायम थियो । तर ढिलै भएपनि फागुन ७ गते मध्य रातमा नेपाल कम्युनिष्ट पार्टीको नामबाट एकताको घोषणा भयो । जसलाई एमाले माओवादीका कतिपय नेताले कम्युनिष्ट एकतालाई इतिहासको कोसेढुङ्गाको संज्ञा दिए  । 

२०२८ सालमा झापा विद्रोहमार्फत्  उदाएको एमाले र २०५२ सालबाट सुरु शसस्त्र द्वन्द्वमार्फत् उदाएको माओवादीको इतिहास अन्त्यमा संसदिय व्यवस्थालाई स्विकार्दै सम्झौतामा गएर टुङ्गिएको देखिन्छ । अझ माओवादीले त शान्तिप्रक्रियामा आउदा पनि सम्झौता मात्रै गरेन आत्मसमर्पण नै ग¥यो शान्तिप्रक्रियाको नाममा संसदिय व्यवस्थालाई  प्रधानशत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्छ । त्यसै क्रममा शान्तिप्रक्रियामा आएपछि माओवादीले जनमुक्ति सेनाको विघटन ग¥यो ।  

सम्झदा लाग्छ, सर्वहारावर्गको मुक्तिको लागि नभई, माओवादीका केहि नेताको सत्तास्वार्थको लागि सुरुवात गरिएको जनयुद्धले   सबैलाई दुःख दियो । अनाहकमा १७,००० नेपालीले ज्यान गुमाए । कतिले शिक्षाको माध्यमबाट उज्यालोतर्फ लम्किदै गरेको उज्ज्वल भबिष्यलाई बन्दुकको गोलीसँगै तितान्ज्वली दिए । कतिले आफ्नो थलो छोडे, कतिको काख रित्तियो, कति टुहुरा बने, कतिको सिउँदो पुछियो, कति बिस्थापित भए ।  बेपत्ता, अपाङ्ग र घाइतेहरूको त कुरा गरिसाध्ये छैन् । अहिले पनि युद्ध लड्न आदेश दिनेहरूको जीवनशैली र  विगत सम्झदा पनि हामी  रगत उम्लेर आउँछ । आखिर कसका लागि लडियो युद्ध ?  देशमा भएका परिवर्तनहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत एजेण्डाहरू स्थापित गर्न जनयुद्ध नै आवश्यक थिएन । १९ दिने जनआन्दोलनलाई फर्केर हेर्दा त्यो पुष्टि हुन्छ ।  जहाँ जनयुद्धमा सहभागी भएकाभन्दा नभएकाहरु बढि थिए । उनीहरूकै बलमा देशले गणतन्त्र पायो । अहिले आएर एमाले–माओवादी एकीकरणले पनि हिंसा नै परिवर्तनको विकल्प नभएको प्रमाणित गरेको छ । 

विश्वले प्रथम र द्वीतिय विश्वयुद्धको सामना ग¥यो । कुनै समय थियो विश्वमा हिंसाको माध्यमबाट नै सम्पूर्ण शक्ति आफ्नो हातमा लिने र विश्वलाई नै कब्जा गर्ने । तर आज समय वदलिएको छ । मानिसहरू वदलिएका छन् । सोचाई बदलिएका छन् । आज एक देशले अर्को देशमाथि आणविक होइन, शीतयुद्ध गर्दै छ ।  एकपटक माओवादी  आन्दोलनको इतिहासलाई फर्केर हेरौं । जुन सपना बोकेर माओवादी नेतृत्व जंगल पसेको थियो त्यही सपना पूरा नहुँदै नेतृत्वगणबाटै उसको अस्तित्व समाप्त गराइयो । 

संसदिय व्यवस्थालाई माओवादीले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँको संज्ञा दिएको थियो । तर शान्तिप्रक्रिया आएपछि संसदिय खेलमै लिप्त भएर सरकार बनाउने र गिराउने खेलमा लागेको छ । यता संसदिय ब्यबस्थाको विकल्प खोज्नुपर्ने बताउँदै वैद्य र विप्लवहरूले अलग–अलग पार्टी निर्माण गरे । विगत हेर्दा माओवादी फुटको इतिहास हो । विभाजित हुँदा आफ्नो शक्ति कमजोर भएको र अन्तर्राष्ट्रि अदालतबाट बच्न प्रचण्ड यतिबेला एमालेसँग मिल्न पुगेका हुन् । त्यस्तै फरक कित्तामा वैद्य, बाबुराम र विप्लव उभिन पुगेका छन् । फुटकै कारण सबैको अस्थित्व संकटमा छ । अब माओवादी इतिहास र आफ्नै अस्थित्व रक्षा गर्नेमात्र होइन जनयुद्धले तयार गरेका जनतन्त्र, जनजीविका र राष्ट्रियताका सवालहरूमा प्रतिबद्ध भई जनतालाई सर्पोच्चतामा राखेर जनपक्षिय काममा अगाडि बढ्ने हो भने एमालेसँगको एकतामा रूष्ट रहेका माओवादीका अन्य नेता तथा कार्यकर्तासहित वैद्य र विप्लवहरूले समेत हिंसाको राजनीतिलाई टाढै राखेर बाबुरामलाई समेत एक ठाउँमा ल्याउन सक्छन् । त्यसकारण इमान्दार वामपन्थी शक्तिहरूलाई आजैबाट एकठाउँमा गोलबन्ध गर्नुपर्छ ।  

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला