को हुन् शिखण्डी, चिन्ने बेला आयो

–अभिषेक जोशी

शिखण्डी

शिखण्डी हिन्दु पौराणिक पात्र मात्रै हैन; मानव समाजको प्रवृत्ति अनि व्यक्तिगत स्वार्थपूर्तिको लालचमा आफूलाई अरू कसैका लागि प्रयोग हुन दिने । महाभारतको कथाले त्यस्तै संकेत गरेको छ । सो कथामा  शिखण्डीको स्वार्थ हुन्छ भीष्मको मृत्यु । पाण्डवहरूको स्वार्थ थियो, भीष्मलाई युद्ध मैदानबाट जसरी पनि हटाउनु । तर, भीष्मलाई सीधा चुनौती दिएर जित्नु असम्भव नै थियो । उनी अजेय योद्धा त थिए नै; साथमा इच्छामृत्युको वरदान समेत उनले पाएका थिए । अर्जुनले शिखण्डीलाई ढाल बनाए । किनभने भीष्मले नारी जातिमाथि अस्त्र प्रहार नगर्ने प्रण गरेका थिए । युद्धभूमि नारीका लागि वर्जित भएपनि शिखण्डी किन्नर थिए; आधा नारी; आधा पुरूष । उनका लागि युद्धभूमि वर्जित थिएन् ।

शिखण्डीहरू आप्mनै बलबुतामा कुनै पनि युद्ध जित्न सक्दैनन् । तर मुलुक हिँडिरहेको बाटो परिवर्तन गर्ने क्षमता राख्छन् । सिक्किममा भएको यही हो । लेण्डुप दोर्जे सिक्किमे राजतन्त्रसँग जोरी खोज्ने सामथ्र्य भएका व्यक्ति थिएनन्; भारतको अनुकम्पा थियो उनीमाथि । चेस बोर्डको गोटी झैँ उनलाई अगाडिपट्टि राखेर भारत चाल चलीरह्यो । उनी ठानीरहे, मेरो स्वार्थ सम्बोधन भइरहेको छ । अन्ततः सिक्किमलाई भारतमा विलय गराउने योजना सफल भएपछि दोर्जेको आवश्यकता भारतलाई रहेन् । पौराणिक शिखण्डी र वर्तमान शिखण्डीहरूमा यहि भिन्नता छ । पौराणिक शिखण्डीलाई म पाण्डवहरूको पनि स्वार्थ पूरा गर्दैछु भन्ने ज्ञान थियो । अहिलेका शिखण्डीहरू चाहिँ आप्mनो मात्रै स्वार्थ सम्बोधन भइरहेको छ भन्ने भ्रममा छन् ।  

  यतिखेर नेपाली राजनीतिमा पनि शिखण्डी सिद्धान्त प्रयोग भएको छ । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष भूमिकामा अहिले केही मधेशवादी दल देखिएका छन् । प्रदेश नम्बर–२ का सांसदहरू हिन्दीमा सपथ खाने; प्रदेश सरकारको कामकाजी भाषा पनि हिन्दी मात्रै हुने; मैथिलीलाई कुनै पनि हालतमा प्रदेश सरकारको कामकाजी भाषा मान्न नसकिने; मधेश–प्रदेशको संसदमा मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने; नेपाली भाषालाई दुई नम्बर प्रदेशमा मान्यता प्रदान नगर्ने; जस्ता कुतर्क त्यत्तिकै अघि सारिएका होइनन् । यो खेलमा पर्दा पछाडि कोही छ, जो उनीहरूको काँधमा बन्दुक राखेर निशाना लगाउन खोजीरहेको छ । उनीहरू त्यसको ढाल बनेर अगाडिपट्टि उभिएका छन् । नाटकका पात्र झैँ आप्नो हिस्साको भूमिका निर्वाह गरिरहेका छन् ।

शिखण्डी कस्लाई ?

शक्ति राष्ट्रहरुको रणनीतिक स्वार्थ अहिले मुख्य चिन्ताको विषय हो । आर्थिक तथा राजनीतिक लाभका भूगोलमा उनीहरू सदाकाल आप्mनो नियन्त्रण रहोस् भन्ने चाहन्छन् । यसका लागि सबैतिर प्रत्यक्ष हस्तक्षेप सम्भव छैन् । तसर्थ, विभिन्न मुलुकहरूमा एजेन्ट खडा गरिएका छन्, एनजिओ÷आईएनजिओको आवरणमा; जो उनीहरूको स्वार्थ अनुसार परिचालित हुन सकुन् । सन् २०१७ मा पाकिस्तानले लाईसेन्स रद्द गरेका २९ वटा आईएनजिओको सूचीमा एक्सन एड, प्लान इन्टरनेशनल र मेरी स्टप्स जस्ता संस्था पनि थिए । यी संस्थाहरू नेपालमा पनि कार्यरत छन् । पाकिस्तानी सरकारी निकायका आँखा यतिखेर सेभ द चिल्ड्रेनमाथि केन्द्रित छन् । उसको आरोप छ, ओसामा विन लादेन पाकिस्तानमा लुकेर बसेको छ भन्ने जानकारी अमेरिकी जासुसी संस्था सिआइएलाई सेभ द चिल्ड्रेनका पदाधिकारीहरुले नै उपलब्ध गराएका थिए । यो जानकारी हाँसिल गर्न सेभ द चिल्ड्रनका पदाधिकारीहरूले स्थानीयलाई प्रयोग गरेको आरोप पाकिस्तानको छ । वितेका पाँच वर्षमा भारतले पनि १८ हजार भन्दा बढी विदेशी दाताको पैसाबाट सञ्चालित गैर –सरकारी संस्थाहरुको इजाजत रद्द गरिसकेको छ । तर, अमेरिकामा मुख्यालय रहेको आइएनजिओ कम्प्यासन इन्टरनेशनलको इजाजत रद्द भएको खबरले निकै चर्चा पायो । अमेरिकी सदनमा समेत यस विषयले प्रवेश पायो । यस संस्थालाई पुनः भारतमा सक्रिय गराउन कुटनीतिक लबिङहरू पनि भए ।

भारतले आप्mनो हठ नछाड्ने संकेत दिएपछि कम्प्यासन इन्टरनेशनल आप्mनो झोलाझिम्टी बाँधेर अमेरिका फर्किन बाध्य भयो । भारतमा विशेषगरी धर्म परिवर्तन गराउने काममा यसले लगानी गर्ने गरेको थियो । यस बाहेक, एम्नेष्टी इन्टरनेशनल, ग्रीन पिस आदि आइएनजिओमाथि पनि भारत सरकारले लगाम कसेको छ । यिनीहरू वातावरण संरक्षण तथा मानव अधिकारको नाममा विकास विरोधी; साम्प्रादायिक; अराष्ट्रिय कामहरुमा सक्रिय रहेको आरोप भारतीय जासुसी विभाग आईबीले लगाएको छ । धर्म परिवर्तन गराउने; साम्प्रदायिक द्वेष पैदा गर्ने; सरकारी निर्णयहरुको विपक्षमा जनमत तयार पार्ने; विकास निर्माणका कामहरूमा खोंचे थाप्ने काममा नेपालमा पनि यस्ता संस्थाहरू सक्रिय छन् ।

नेपाल प्राचीनकालदेखि दुई शक्तिराष्ट्रबिच अवस्थिति मुलुक हो । यसलाई कुनै हिसाबले नियन्त्रणमा लिनसके चीन र भारतलाई सजिलै कज्याउन सकिने पश्चिमाहरूको निष्कर्ष छ । यसैको लागि नेपाली समाजमा द्वन्द्व उत्पन्न गराउने; आप्mना संस्थाहरूलाई अनेक अनेक वहानामा नेपाल छिराउने कामलाई लामो समयदेखि जारी राखेका छन् । पैसाको खोलो नै बगाइएको छ । सुरुका वर्षहरूमा जातिय संघीयताको नारा दिइयो । धर्म परिवर्तनलाई आदिवासी जनजाति बस्तीहरूमा तीव्र पारियो । नेपालमा देखा परेको धर्म परिवर्तनको लहरले विविसी तथा द गार्डियन जस्ता मिडियाको  समेत ध्यान खिचेको थियो । अहिले मधेशमा धर्म परिवर्तन गराउने कोशिस भइरहेको छ । नेपालको संविधानमा परेका गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयता जस्ता शब्दावलीहरुको आन्तर्य खोतल्दै जाने हो भने पृष्ठभूमिमा अमेरिका र भारत नै उभिएका भेटिनेछन्; अगाडिपट्टि उभिएर जसले जतिसुकै हुँकार लगाए पनि ।  

अनावश्यक विवाद

संविधानको धारा १८ मा समानताको हकको जुन प्रकारको व्याख्या छ; त्यसले नेपालभित्रका सबै जाति र सबै वर्ग समुदायलाई जसरी पनि समेट्न खोजेको देखिन्छ । महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, दलित भनेर तोकी सकेपछि पनि व्याख्या अपुरो नहोस् भन्नेतर्फ सचेत रहेर विपन्न वर्ग, अल्पसंख्यक, सीमान्तकृत, पीछडा वर्ग, किसान, युवा, बालबालिका, वृद्ध नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अशक्त वा असहाय जस्ता पदावलीहरू थपिएको छ । यतिले पनि नपुगेर थप प्रष्ट पार्ने उद्देश्यले पीछडिएका र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन समेत भनिएको छ । र पनि केहि मानिसहरूको चित्त बुझेको देखिएन । संविधानमा खस आर्य किन लेखेको ? खस आर्य विदेशी हुन्; मुलवासी मंगोल मात्रै शुद्ध नेपाली हो भन्दै सार्वजनिक रूपमा उफ्रेको पनि देखियो । खस आर्य विदेशी हुन् भन्ने प्रमाण के छ ? केही पनि छैन् । जसले खस आर्य विदेशी हुन् भन्न सिकायो । उसले यो यो कारणले खस आर्य विदेशी हुन् भन्ने प्रमाण तथा कारणहरू उपलब्ध गराई दिएन् । न त शिखण्डीहरूले आफैँ त्यो इतिहास पल्टाउन खोजे । जहाँ खस आर्य विदेशी भएको प्रमाण लुकेको होस् ।        

नेपालको भूगोलभित्र कुनै पनि जाति वा समुदाय माटोबाट फुत्त निस्केर पूर्व पश्चिम फैलिएको होईन् । सबै कहिँ न कतैबाट अनेक कारणले बसाइँ सर्दै आएका हुन् । जस्तै ः पूर्व नेपालको पहाडका किरातहरू चीनबाट तिब्बत र तिब्बतबाट कोहि सोझै त कोहि सिक्किम हुँदै नेपाल छिरेका हुन् । त्यसैगरी, तराईँमा मधेसी र थारूहरू पनि भारतबाट नै बसाइँ सरेर आएका हुन् । काठमाडौँ वरपरको तामाङहरू तिब्बतबाटै तल झरेको हो ।   

को हुन् आर्य ?

आर्य कुनै नश्ल वा वर्ण होइन । आर्य शब्दका श्रेष्ठ स्वभाव; परोपकारी; सत्य ज्ञान; असाधारण; मूल्यवान; धर्मात्मा; कुशल योद्धा  आदि गुणवाचक अर्थ हुन्छन् । सनातन धर्म परिवारमा ॐ सँगै आर्य पनि साझा परिचयको शब्द हो । जबकी आर्यन शब्द मानव नश्ललाई चिनाउनका लागि प्रचलनमा ल्याइएको हो । गोरो शरीर, अग्लो कद, लामो नाक, ठूला आँखा हुनेहरू आर्यन । नश्लबाट गुणको प्रतिनिधित्व हुन सक्दैन; यो सनातन मान्यता हो । यसको अर्थ हो, आर्य भनिनको लागि गोरो छाला, अग्लो कद, ठूला आँखा वा लामो नाक आवश्यक छैन् । सत्य, अहिंसा तथा पवित्रता जस्ता सात्विक गुणहरूको भावमा पहेँलो छाला, होचो कद, चिम्सा आँखा, थेप्चो नाक हुने व्यक्ति पनि आर्य भनिन्छ । र, आर्य भनिनका लागि भूगोल, जाति, भाषा वा नश्लको परिधिले छेक्दैन् । आरचण, चिन्तन र जीवनशैलीले छेक्छ । तर, आर्यन भनिनका लागि गोरो छाला, अग्लो कद, ठूला आँखा, ठूलो नाक नै चाहिन्छ । पहेँलो छाला, होचो कद, चिम्सा आँखा र थेप्चो नाक हुने व्यक्तिले म आर्यन बन्छु भन्दै बाह्र हात उफ्रे पनि जैविक कारणले ऊ आर्यन बन्न सक्दैन् । यसकारण, संविधानमा आर्य शब्द किन लेखियो भनेर कसैले पनि टाउको दुखाउन आवश्यक छैन् ।

 

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला